आÏना छिमेकी राष्ट्रहरुसाग सुदृढ सम्बन्ध स्थापित गर्ने नीति अनुरुप भारतीय प्रधानमन्त्री मोदीले ६ महिनाभित्रमा दुईपटक नेपाल भ्रमण गर्नुभयो । पहिलो भ्रमणताका प्रधानमन्त्री मोदीले संसदलाई सम्बोधन गर्दै भन्नुएको थियो तपाईहरु ऋषिमन लिएर संविधान बनाउनुस् ।
विगत सात बर्षदेखि नेपालका राजनैतिक पार्टीहरुले संविधानसभाबाट संविधान बनाउन सकेका छैनन् । सबै दल आ–आफ्नै अडानमा रहादा मोदीले भनेझौ ऋषि मन यिनीहरुले देखाउन सकेनन् । भर्खरै पनि भारतको दिल्लीमा भएको एउटा औपचारिक कार्यक्रममा भाग लिन गएका एकजना नेपालका मन्त्रीलाई माघ ८ गते जसरी पनि संविधान बनाउनुस् । तपाईहरु कतिदिन बााझेर बस्नुहुन्छ भनेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा चाडै सविधान जारी होस् भन्ने चाहना पटक पटक व्यक्त गरेको पाइन्छ । यसका पछाडि भारत नेपालको समग्र आर्थिक विकासको पक्षमा छ । संविधान जारी भएर राजनैतिक स्थायित्व कायम भएपछि नेपालमा लगानीको वातावरण बढ्ने भारतका प्रधानमन्त्रीले मात्र हैन नेपालका नेताहरु पनि बुझेका छन् । तर क्षणिक व्यक्तिगत स्वार्थ र दलीय स्वार्थभन्दा माथि उठ्न नसक्दा आफैले प्रतिवद्धता जनाएको माघ ८ गते संविधान जारी गर्न सकेनन् । उनीहरुले दलीय स्वार्थ र व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको स्वार्थका लागि सोच्न सकेनन् र अब पनि सोच्ने लक्ष्यण देखाएका छैनन् ।
अहिलेकै सोच अनुसार दलहरु अगाडि बढे भने संविधानसभाबाट संविधान जारी हुने कुरा मृग मरिथि मात्र हुनेछ नेपाली जनताका लागि । नेपालमा कहिल्यै पनि राजनैतिक स्थायित्व भएन । २००७ सालदेखि २०६२/०६३ सम्म आइपुग्दा राजनैतिक दलका नेताहरुले केवल सडकबाट व्यवस्था परिवर्तन गरे । तर त्यसलाई स्थायित्व दिने काम भएन । २०६२/०६३ पति पनि व्यवस्थामात्र परिवर्तन भयो । जनतालाई सडकमा उफार्ने काम भयो । तर जब नेता सत्तामा पुगे त्यसपछि जनचाहना विपरीतका कार्यमै दलका नेता केन्द्रित भए । प्रजातन्त्र पश्चात गणतन्त्र आउादा आकाशबाट सुनका ढिक्का बर्सिन्छ जस्तो गरेर जनतालाई आवश्वासन बाडियो ।
आखिरी आफैले प्रतिवद्धता जनाएको माघ ८ पनि विदा भयो । न तेताहरु सहमति गर्छन् न प्रक्रियामा जान्छन् । स्थायित्वका लागि एउटा प्रक्रिया त अपनाउनु पर्यो नि । मेरा गोरुको बाह्रै टक्का भनेर अड्डी लिादा मुलुकमा दलहरुले कहिल्यै संविधान बनाउन सक्दैनन् । संविधान नबन्दा दलका नेताहरु फाइदामा छन् । एकथान संविधान बनेर मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढ्दा दैनिक लाखौ युवाहरु रोजगारीका लागि विदेशिन बाध्य हुुनुपर्ने थिएन । अर्काको समृद्धिका लागि रगत पसिना बगाउनुपर्ने थिएन । दण्डहीनताको अवस्था रहने थिएन । आखिरी नेपाली जनतालाई शान्ति र सम्वृद्धि चाहिएको त हो । तर अब यहााका दलका नेताहरुबाट यो सम्भव छैन । संविधान बनेमा दलका दोकानहरु बन्द हुन्छन् । उनीहरुको आडमा हुने गुण्डागर्दी समाप्त हुन्छ । त्यसैले यहाा संविधानसभाबाट राजनैतिक दलहरु संविधान बनाउदै चाहदैनन् । नत्र एउटा टुंगोमा पुग्नुपर्ने समयमा संसदमा कुर्सी हानाहान गरेर जग हासाउने नै थिएनन् ।
