अमेरिकी सुरक्षा एजेन्सीसाग तालमेल गर्दै भारतीय सुरक्षाकर्मीहरु

नइदिल्ली (व्युरो)/गणतन्त्र दिवसमा हुने परेडका अवसरमा सात सदस्यीय सुरक्षा घेरा तैनाथ गरिए पनि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर चिन्तित सुरक्षा एजेन्सीका साथ तालमेल गर्न भारतीय एजेन्सीलई चुनौति बनेको छ ।
हरेक बर्ष कुनै न कुनै राष्ट्रप्रमुखको स्वागत गर्ने यस आयोजनामा यसपटक हर कदम अमेरिकी सुरक्षा एजेन्सीलाई भारतीय सुरक्षाकर्मीले साथै लिएर हिाड्नुपरेको छ । अमेरिकी राष्ट्रपति ओवामाको
सुरक्षाको चिन्तालाई देखेर अमेरिकी एजेन्सीलाई कैयौ स्तरमा सुरक्षा तयारीमा समोल गरिएको छ । गणतन्त्र दिवस
परेडका बेला ओवामाका आसपास उनको सुरक्षालाई लिएर विशेष दस्ताका जवानहरु समेत रहने छन् ।
यसैगरी दिल्लीका हरेक ठाउा, कुना काप्चामा समेत ध्यान राख्न बनाइएका विभिन्न कन्ट्रोल रुममा उनीहरुलाई पनि संगै राखिने भएको छ । तर पश्चिम ब्लकमा शीर्ष स्तरमा भएको सुरक्षा व्यवस्थामा अमेरिकी एजेन्सीलाई सामेल गरिएको छैन । दिल्लीमा मात्र यस क्रममा १५ हजार सीसिटिभी क्यामेराबाट निगरानी बढाएको छ । यसबाट आएको सिधा
तस्विरमाथि सुरक्षा एजेन्सीले निगरानी गर्नेछन् । गणतन्त्र दिवसका दिन हरेक स्थानमा निगरानी गर्न केन्द्रीय अर्धसैनिक ब्लका २० हजार जवानले दिल्ली पुलिसलाई मद्दत गर्नेछन् । परेडवाला इलाकाको सुरक्षाका लागि विभिन्न सुरक्षा एजेन्सीसाग सात स्तरका सुरक्षा घेरा तैनाथ गरिएको छ ।
यसमा शीर्ष अधिकारीहरुले
निगारानी गरिरहेका छन् । यसै प्रकार सर्वसाधाणका बीच सादा पोसाकका सुरक्षाकर्मीहरुले निगरानी गरिरहने छन् । हवाई हमलाको रक्षाका लागि वायु सेना सतर्क रहने छ भने आसपासका इलाकामा स्पाइनर्स समेत तैनाथ हुने छन् । अमेरिकी एजेन्सीको अनुरोधमा परेड इलाका वरपर मेट्रो स्टेशन र दÏतर आदि ७२ घण्टा पहिल्यै बन्द गरिने छ । आइटिसीमा होटल कन्ट्रोल रुम भारतको ६६ औा गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा तीन दिने भ्रमणमा २५ जनवीका दिन आउनुहुने अमेरिकी राष्ट्रपति वाराक ओवामको सुरक्षाका लागि दुवै देश अत्यन्तै सम्वेदनशील देखिएका छन् ।
अमेरिकी राष्ट्रपति वाराक ओवामा भारत आगमनका अवसरमा दिल्लीस्थित आइटिसी होटलमा बस्नुहुने भएको छ । आइटिसी होटलको जुन तलामा राष्ट्रपति ओवामा बस्नुहुनेछ त्यहाा अमेरिकी
सुरक्षा एजेन्सी केही दिन देखि नै तैनाथ छन् । उनीहरुका साथमा
भारतीय सुरक्षाकर्मीहरु समेत रहेका छन् । त्यही होटलबाट उनीहरुले आफ्नो कन्ट्रोल रुम चलाउने भएका छन् । जसले राष्ट्रपति ओवाको सुरक्षा व्यवस्थामा निरन्तर निगरानी
गर्नेछ । पूरै तयारी एवम् वन्दोवस्तीका साथ डेढ हजार भन्दा बढी अमेरिकी सुरक्षा बल राष्ट्रपति ओवामाको भ्रमणका क्रममा दिल्लीमा रहने भएका छन् ।

तपाईको प्रतिक्रिया