२६ जनवरीमा आगरामा ३ घण्टा मोवाइल बन्द गरिने

भारतको ६६ औं गणतन्त्र दिवसको भोलिपल्ट जनवरी २७ का दिन आगरामा स्थानीय तथा सर्वसाधारणले ३ घण्टा मोवाइल प्रयोग गर्न नपाउने भएको छ । २७ जनवरीका दिन विश्वका शक्तिशाली अमेरिका राष्ट्रपति वारक ओवामा आफ्नी पत्नी मिसेल ओवामाका साथ ताजमहलको दृश्य अवलोकन गर्न जाादैछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा इतिहासमै पहिलो पटक अमेरिकी राष्ट्रपति गणतन्त्र दिवसको प्रमुख अतिथि बन्न जनवरी २५ कै दिन नयाादिली पुग्दै हुनुहुन्छ । उत्तर प्रदेश
सरकार ओवामाको सुरक्षा व्यवस्थालाई लिएर पूर्ण रुपमा सजग छ । सुरक्षा व्यवस्थालाई कडा बनाउन प्रदेशका सम्पूर्ण उपल्लो स्तरका अधिकारीहरु, सुरक्षा संयन्त्र अमेरिकी सुरक्षाकर्मीसागै तालमेल मिलाएर दत्तचित्तले लागेका छन् ।
भारतीय अधिकारीहरुका अनुसार दिल्ली देखि अगरासम्मकोमा २७ जनवरीका दिन हाइअलर्टमा राखिने छ । त्यसबेला ३ घण्टा सम्म ताजमहल, मालरोड र पत्तेहावाद रोड इलाकामा सर्वसाधारणको मोवाइल प्रयागमा बन्देज लगाइने छ । महानिर्देशक (सुरक्षा) गोपाल गुप्ताले विहीबार अबेर राति अमेरिकी सुरक्षा अधिकारीसाग यस सम्बन्धमा विस्तृत छलफल गर्नुभएको थियो । अतिरिक्त महानिर्देशक मुकुल गोयलले दुईवटा राष्ट्रिय राजमार्ग र यमुना एक्सप्रेसमा पुलिसको दस्ता तयार गर्ने सम्बन्धमा स्थानीय प्रहरी अधिकारीसाग व्यापक छलफल गर्नुभएको थियो ।
सुत्रका अनुसार अमेरिकी सुरक्षा एजेन्सी केही पनि जोखिम लिन तयार छैनन् । खेरिया एयरपोर्टमा ताजमहलको पूर्वीद्वार र ताजपरिषरको पूरै क्षेत्र अमेरिकी कमाण्डोको नियन्त्रणमा रहने छ । ताजमहलसागै रहेको इलाकाका होटल र घरहरुको छतमाथि पनि कडा निगरानी
राखिने भएको छ । उक्त प्रदेशका मुख्य मन्त्रीको कार्यक्रम अघिल्लो दिनसम्म तय गरिएको छैन तर २७ जनावरी विहानैदेखि राज्यपाल राम नाइक अगरामा सहभागी हुने भएका छन् । उक्त प्रदेशका मुख्य मन्त्रीले कार्यक्रम अघिल्लो दिन सम्म तय गरिएको छैन तर २७ जनवरी विहानैदेखि राज्यपाल रामनायक आगरामा सहभागी हुने भएका छन् । भारतीय अधिकारीहरुले भनेका छन् २७
जनवरीका दिन आगरामा सम्पूर्ण स्कुलहरु बन्द हुनेछन् । उपग्रहबाट पाइएको तस्विरका आधारमा अमेरिकी एजेन्सीले आपतकालीन स्थितिका लागि आठ निकासमार्गमा चिन्ह लगाएका छन् । यात्राका क्रममा यी मार्गमा कोही सर्वसाधारण उपस्थित हुने छैनन् । सिनियर पुलिस अधिकारीहरुले भने
राष्ट्रपतिको आगरा भ्रमणका क्रममा लगभग चार दर्जन गाडी हुने छन् र
राष्ट्रपति ओवामा आफ्नो विशेष विष्टकारमा सवार हुने छन् । यहाा स्मरणीय कुरा के छ भने भारतको उच्च न्यायालयको ताज महलको पूर्वी
प्रवेशद्वाराबाट पहिल्यै गाडी प्रवेशमा
रोक लगाइएको छ । तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर हाल पूर्वी प्रदेशमा रोक लगाएको छ । तर
सुरक्षा सम्वेदशनशीलर्ताइ ध्यानमा
राखेर हाल पूर्वी प्रवेश द्वाराबाट गाडी प्रवेशको आदेश मागिएको छ । राष्ट्रपति वाराक ओवामाको ताजमहल आगमनको दुई दिन अगाडि अमेरिकी चिकित्सिकहरुले स्थानीय सरोजिनी नायडु मेडिकल कलेजको अवलोकन
गरेका थिए । त्यहाा रहेका ट्रमा सेन्टर लगायत अन्य सुविधाका बारेमा उनीहरुले जानकारी लिएका थिए । शुक्रबार अमेरिकी सुरक्षा दस्ताले खेरिया एयरपोर्टदेखि ताजमहलसम्मको सुरक्षा प्रवन्धलाई लिएर रिहर्सल समेत गरेका थिए भने भारतीय पुरातत्व सर्वेक्षणले शुक्रबारै ताजमल परिषर र बगौचाको सरसफाई समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया