द्वन्द्वको कठिन समयमा पनि नेपालको विकासमा भारतको सदैव साथ थियो

भारतको ६६ औ गणतन्त्र दिवसको सुखद अवसरमा सर्वप्रथम शुभकामना व्यक्त गर्न चाहन्छु । सन् १९४७ मा वृटिश राम्राज्यबाट भुक्त भईसकेपछि अनेकौ अरोह अवरोह पार गर्दै विश्वमा भारतले आफ्नो बलियो अर्थतन्त्रका साथै विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उपस्थिति जनाएको छ ।
नेपाल र भारतको सम्बन्ध समान साास्कृतिक, धर्म लिपी र
परम्परामा सदियौदेखि आधारित छ । दुई देशका जनताबीच रही आएको वैवाहिक सम्बन्ध पनि अत्यन्त महत्वपूर्ण छ । चाहे भारतको स्वतन्त्रता संग्राम होस् या नेपालको प्रजातान्त्रिक आन्दोलन होस्, दुवै देशका जनता एक अर्कालाई सघाउन सदैव तत्पर रहेको इतिहास साक्षी छ । सन् १९५० को दशकमा नेपालले विकास र समृद्धितर्फ आफ्नो यात्राको थालनी गर्दा सहयात्रीको रुपमा भारत पहिलो देश थियो । ठूला ठूला राजमार्ग, विद्युत परियोजना, अस्पताल, शिक्षण संस्था इत्यादि अनेकौ परियोजनाहरु भारतीय सहयोगबाट निर्माण भइसकेका छन् । नेपाल र भारतको अन्तरसम्बन्धले विकासका साझा चुनौतिहरुलाई सम्बोधन गर्ने मित्रवत साझेदारीलाई जन्म दिएको छ ।
प्रगति र समृद्धिका लागि नेपाल र भारतको समान आकांक्षा र सो को प्राप्तिका लागि साना विकास
परियोजना कार्यक्रमले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा विद्यालय, छात्रावास, अस्पताल र औद्योगिक क्षेत्रहरुको निर्माण गरी सामाजिक तथा भौतिक पूर्वाधारको लागि राम्रोसाग तयार पारिएको समुदाययमुखी, पारदर्शी तथा सहभागितामूलक कार्यक्रमको माध्यमबाट नेपाल सरकारको विकास प्रयासमा ऊर्जा थप्ने काम भएको छ । ती परियोजनाहरुबाट लक्षित वर्ग सिधै लाभान्वित भएका छन् ।
द्वन्द्वको कठिन समयमा पनि नेपालको विकासमा भरतको सक्रियता कायमै रहयो । दोस्रो जन आन्दोलनपश्चात वहुदलीय लोकतन्त्रको सदृढीकरण र अघि बढेको शान्ति प्रक्रियासागै एउटा शान्त, स्थिर, लोकतन्त्रिक र समृद्ध देश तर्फ नेपालको प्रयासमा सहयोग गर्न आफ्नो प्रतिबद्धता भारतले दोहोर्‍यायो र यथासम्भव आफ्नो भौतिक, नैतिक र कुटनीतिक सहयोग उपलबध गराएर असल छिमेकीको रुपमा आफूलाई प्रस्तुत
गरेको छ । जे नेपालको हितमा छ, त्यही भारतको हितमा पनि छ भन्ने सत्य स्वीकारेर नेपालको आर्थिक उन्नतिमा भारतको महत्वपूर्ण भूमिका हुन सक्ने भारतीय पधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणका बेला व्यक्त गरिसकेका छन् । उहााले नेपाल जलस्रोतको धनी देश भएको हुादा यहाा जलविद्युतको अकुत भण्डार रहेको र त्यसको समुचित विकास गरी आवश्यक पूर्वाधार तयार गर्न भारत तत्पर रहेको सन्देश दिनुभयो र त्यतिमात्र नभई यस सम्पदाको समुचित प्रयोग भयो भने नेपालको घरेलु आवश्यकता त पूरा हुन्छ नै साथै औद्योगिकरणमा नेपाललाई ठूलो फाइदा हुने कसैले इन्कार गर्न सक्दैन । उहााले नेपालको जलस्रोतको उपयोग
राम्रोसाग भए, यसले आउने दशबर्षमा नेपाली विद्युतले भारतको अन्धकारसमेत हटाउने दाबी गर्नुभयो । र नेपाली विद्युत खरिद गर्ने भारतीय प्रस्ताव पनि
राख्नुभयो । पूर्वाधार तयार गर्ने आवश्यक संरचना तथा हाइवे ट्रान्समिसन लाइनमा समेत सहयोग हुने प्रतिबद्धता मोदीले गरिसक्नु भएकोले अब हामी तत्परताका साथ यस क्षेत्रमा लगानी गरी विद्युत उत्पादन तर्फ लाग्यौ भने निश्चय नै समृद्धितर्फ लम्कने नेपाललाई कसैले
रोको छैन ।
अन्तमा नेपाल र भारतको मित्रता विश्व समुदायमा उदाहरणको रुपमा प्रस्तुत हुन सकोस् भनी कामना गर्दछु ।

तपाईको प्रतिक्रिया