ओबामा भारत आउादा पाकिस्तानद्वारा आतंककारी हमला हुने आशंकामा उच्च शतर्कता

नइइदिल्ली (व्युरो)/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा अमेरिकी राष्ट्रपति बाराक ओवामा भारतको ६६ औं गणतन्त्र दिवसमा नयाादिल्लीमा हुने परेडमा भाग लिन तीनदिने यात्रामा आउदै हुनुहुन्छ ।
ओवामा २५ जनवरीमै नयाादिल्ली आइपुग्ने र २६ जनवरीमा गणतन्त्रको परेडमा भाग लिएपछि २७ जनवरी आगरा जानुहुने कार्यक्रम तय भएको छ । जहाा उहााले ताज महलको अवलोकन गर्नुहुने छ ।
स्रोतले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति ओवामा भारत भ्रमणमा आउादा पाकिस्तानद्वारा केही स्थानमा आतंककारी हमला हुने आशंकामा भारतमा सुरक्षा शतर्कता बढाइरहेको छ । यसका लागि पाकिस्तानी सेनाले १ सय १० स्पेशनल सर्भिस ग्रुपका कमाण्डोज आइन अफ कन्ट्रोल र अन्तर्राष्ट्रिय सीमामा आतंककारीको मद्दतका लागि तैनाथ गरेको छ ।
यसका साथै सुत्रले दिएको जानकारी अनुसार यात्राका या भ्रमणका क्रममा लस्कर ए–तैयवा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्धिनको आतंक भारतमा घुसपैठ गर्ने दाउमा छन् । भारतीय खुफियाले दिएको जानकारी अनुसार मुम्बई र महाराष्ट्र पुलिसलाई आइविले अलर्टको आदेश दिएको छ । हाफिज सइदका संगठन जमात उद दावा, लस्कर–ए–तैयवा र जैस–ए–मोहम्मद, हिजबुल मुजाहिद्दिनले हमलाका लागि चार आतंकारी ग्रुप पठाएका छन् । खुफिया एजृन्सीको आशंका छ कि आतंकारीको एक टिम महाराष्ट्र, दोस्रो टिम राजस्थान, तेस्रो टिम युपी र चौथो टिम ओडिसाका लागि पठाइएको छ ।
मुम्बईमा उच्च सुरक्षा किन पनि अपनाइएको हो भने आतंककारीले मंगलबार सिद्धि विनायक मन्दिरमा आक्रमण गर्न सक्छन् । यसबीच दिल्लीका कुनैपनि होटलमा विस्फोट हुन सक्छ । आतंककारी संगठनले
अन्तर्राििष्ट्रय जगतमा म्यासेज दिन यस्ता गतिविधि गर्ने दाउमा छन् ।
भारतको गृह मन्त्रालय अन्तर्गत रहने सीमा सुरक्षा वलले अमेरिकी राष्ट्रपति वाराक ओवामाको यात्रलाई मध्यनजर गरेर जम्बु कास्मिर अन्तर्राष्ट्रिय सीमामा कडाई गर्दै १ हजार २ सय अतिरिक्त जवान तैनाथ गरेको छ । ओवामा
भारत आउनु भन्दा पहिला पाकिस्तानले जम्बुमा बिना कारण गोलाबारी शुरु
गरेको छ । अमेरिकी राष्ट्रपति ओवामाको यात्रा भन्दा पहिला पाकिस्तानद्वारा
भारतको माहोल विगोर्न दुचेष्टा भएको छ । जम्बुको सावा जिल्लामा सीमा
सुरक्षा बल (वीएसएफ)ले अन्तर्राष्ट्रिय सीमामा संदिग्न गतिविधिको जवाफ दिादै गोलाबारी गरेका छन् । जसका कारण सीमाका दुवैतिर रहेका भारत–पाकिस्तानका जवानबीचमा गोलाबारी भएको छ ।
त्र

तपाईको प्रतिक्रिया