“ मेक इन इन्डिया ” हुने छ भारत र अमेरिका बीचको वार्ता

भारतको तीनदिने भ्रमणमा आउनु हुने अमेरिकी राष्ट्रपति वाराक ओवामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने वार्ता मेक इन इन्डियामा सहयोग महत्वपूर्ण मुद्दा हुने भएको छ ।
दुवैदेशबीच आपासी व्यापार बढाउने दिशामा भारत र अमेरिकी कम्पनीलाई साझेदारीमा बढवा दिने गरी विशेष प्रोत्साहन गर्न वार्ता हुने भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको सुत्र अनुसार भारत सरकारले मेक इन इन्डिया अभियानको अमेरिकी प्रतिनिधि मण्डलका अगाडि विशेष प्रदर्शित गर्ने तयारी गरेको छ ।
अमेरिकी राष्ट्रपति वाराक ओवामाका साथ आउने व्यापार प्रतिनिधि मण्डलको नेतृत्व हनिवेलका सिइओ डेविड कोटले गर्नुहुने भएको छ । दुवै देशका कम्पनीबीच
साझेदारी बढाउने दिशामा यो प्रतिनिधि मण्डलको वार्ता भारतीय कारोबारी समूहसाग हुने छ । भारतका तर्फबाट वार्ताको नेतृत्व टाटा समूहका प्रमुख साइरस मिस्त्रीले गर्नुहुने छ । भारत र अमेरिका आगामी पााच बर्षमा आपसी व्यापारलाई ५ सय अरब डलरमा पुर्‍याउन चाहन्छन् । मोदी सरकार द्विपक्षीय व्यापार बढाउादा त्यसमा खास ध्यान केन्द्रित गर्न चाहन्छ जसले भारतको पक्षमा असन्तुलन नहोस् । यद्यपि भारत सरकार अमेरिकी कम्पनीलाई भारतमा निवेश गर्न जोड दिइरहने छ । यसका लागि अहिले औद्योगिक नीति एवम् प्रवद्र्धन विभाग
(डिआइपीपी) का सचिव अभिताभ कान्तले वासिंगटन भ्रमणमा अमेरिकी कम्पनीलाई मेक इन्डियाको तहत
गरेका प्रयासको पूरा व्यहोरा दिनु भएको थियो ।
तथापि, विदेश मन्त्रालयका अनुसार अहिलेसम्म कुनै प्रकारको तय भएको छैन कि दुवै देशका बीच सम्झौतामा हस्ताक्षर हुन्छ कि हुादैन । दुवै देशका कम्पनीबीच वार्ता हुादा भविष्यमा कसरी अगाडि बढ्ने भन्ने कुरामा दुवैले आ–आÏनो निर्णय गरिसकेका छन् । यसैगरी अमेरिकाका कम्पनीलाई भारतमा टेक्स सम्बन्धी चिन्तालाई लिएर भारत सरकार
अमेरिकाका कम्पनीलाई भारतमा टेक्स सम्बन्धी चिन्तालाई लिएर भारत
सरकार अमेरिकालाई आश्वस्त तुल्याउन भरपुर प्रयासमा लागेको छ । कतिपय अमेरिकी कम्पनीले टेक्ससम्बन्धी अनिश्चितालाई लिएर प्रश्न उठाउादै आएको छ । भारत र अमेरिका बीच व्यापारिक सहयोगको अलवा अन्य मुद्दाका बारेमा समेत वार्ता हुने सम्भावना रहेको बतइएको छ । कृषि उत्पादनको पहुाच एक अर्का देशमा बढाउने बारेमा वार्ता हुने सम्भावना रहेको छ । यस मामालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अगाडि गर्नुभएको अमेरिकी भ्रमणका क्रममा पनि यस समबन्धमा चर्चा भएको थियो ।

तपाईको प्रतिक्रिया