संघीय भूपू सैनिक मञ्चको वडा कमिटी गठन

धरान÷संघीय लोकतान्त्रिक
राष्ट्रिय मञ्चसँग आवद्ध संघीय लिम्बुवान मञ्च, नेपालको भातृ संगठन संघीय भूपू सैनिक मञ्च नेपालको धरान उपमहानगरपालिका वडा नं. १५ कमिटी गठन भएको छ ।
सैनिक मञ्चका केन्द्रीय संयोजक, सघीय लिम्बुवान मञ्च नेपालका प्रान्तीय सचिव गजेन्द्रमान चोङवाङ क्याक लिम्बुको प्रमख आतिथ्य तथा जिल्ला संयोजक धनबहादुर सेनेहाङ्गको अध्यक्षतमा १० सदस्यीय वडा कमिटी गठन भएको हो । गठित वडा समितिको अध्यक्षमा दत्तकुमार खापुहाङ्ग, उपाध्यक्षमा इन्द्रबहादुर लिम्बु रहनु भएको छ भने सदस्यहरुमा शरणबहादुर लिम्बु, कुमारी राई, रामकुमारी राई, बालकुमारी लिम्बु, चन्द्रकला गुरुङ्ग, चन्द्रबहादुर सेनेहाङ्ग रहनु भएको छ ।
नव गठित कार्य समितिका पदाधिकारीरुलाई नगर अध्यक्ष सञ्जुहाङ सावा, महिला जिल्ला अध्यक्ष सरस्वती लिम्बु, केन्द्रीय सदस्य तथा याखा मञ्चकका केन्द्रीय संयोजक साजन याख्खा, सिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेरले शुभकामना दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन अदत लिम्बुले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया