बराहको प्रायोजनामा हुन लागेको प्रदेश स्तरीय अन्तर कलेज बास्केट बल स¥यो

धरान÷ विश्वमा माहारीको रुपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) को संक्रमबाट मुलुक नै लक डाउन भएका अवस्थामा भीडभाड हुने गतिविधि रोकिएको छ ।
पछिल्लो समय शैक्षिक संस्था, अस्पताल, सार्वजनिक स्थलमा भीडभाड हुने गतिविधिमात्र हैन यसबाट खेल क्षेत्र पनि अछुतो रहेन ।
यसै क्रममा चैत्र ७ गतेदेखि १२ गतेसम्म हुन लागेको प्रथम प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता सम्भभावित कोरोना संक्रमणकै कारण सरेको छ ।
प्रदेश नं १ भरिका कलेजका विद्यार्थीहरुलाई सहभागी गराई बास्केटबलप्रतिको क्रेज बढाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता
सरकारको निर्देशनलाई पालना गर्दै संक्रमणकालीन अवस्था हटेपछि गर्ने निर्णय गर्दै हाललाई स्थगित गरिएको आयोजक धरान वास्केटवल संघका अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिनुभयो ।
खेलको सम्पूर्ण तयारी भइसकेको अवस्थामा संक्रमणकालीन अवस्थामा रोकिएका बताउदै उपाध्यक्ष लामाले बताउनुभयो । उहाँले प्रतियोगितामा कक्षा ११ देखि व्याचलर लेभलसम्मका छात्र छात्राहरुले सहभागिता जनाउने क्रममा प्रदेश १ भरि वाट १४ वटा पुरुष र ५ वटा महिला टिमले सहभागिता जनाउने निश्चित भएको बताउनुभयो ।
प्रतियोगितामा पुरुष तर्फ विजेतालाई नगद २० हजार रुपैयाँ, उपविजेतालाई १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार व्यवस्था गरिएको थियो । यसैगरी महिला तर्फ विजेतालार्इ नगद १० हजार रुपैयाँ, उपविजेतालाई नगद ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुस्रकार रहेको थियो ।

तपाईको प्रतिक्रिया