धरान÷कोभिड (१९) कोरोना भाइरसको संक्रमण फैलननदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवावन्द गरे सगै सामान्यविरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ ।
धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो ।
विपीमा ओपिडी लगायतका सेवा बन्द भएको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ ।
हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०÷४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने भएको हो ।
फाउन्डेशनका अध्यक्ष डा. इन्द्र लिम्बुले कोरोना भाइरसका कारण अस्पतालमा आउन नपाएका विरामीहरुलाई घरमै गएर उपचार गराउने बताउनुभयो । उहाले पहिलो चरणमा धरान १८ र १९ का सर्वसाधारणलाई यो सेवादिने र सम्भव भएसम्म धरानका सबै वडा र धरान आसपासका सबै स्थानमा निस्वार्थ भावले सेवा पु¥याउने भएको छ ।
फाउन्डेशनका प्रवक्ता डा. भुपेन्द्र साहले अनलाइनमार्फत पनि विरामीको उपचार गर्ने बताउनुभयो । उहाँले विरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर विरामीलाई सल्लाह सुझावदिने बताउनुभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चापलाई कम गर्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर आफूहरुले सकेसम्म सर्वसाधारणको उपचारमा संलग्न हुने निर्णय गरेको अध्यक्ष डा. लिम्बुले बताउनुभयो । सबै विभागका चिकित्सकहरु यस फाउन्डेशनमा आवद्ध भएकाले सर्वसाधारणको मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, मुटुको समस्यालगायतका यावत समस्या प्रतिष्ठानको ओपिडीको समय विहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर्ने अध्यक्ष डा. लिम्बुले बताउनुभयो ।
