धमाधम इन्डियन बोइलर कुखुरा नेपाल भित्रिदै ः संक्रमण बढ्ने त्रास

धरान÷ भारतले ब्रोइलर कुखुराको मासुमा रोक लगाएपछि ब्रोइलर कुखुरा धमाधम नेपाल भित्रिन थालेपछि बोइलर कुखुराबाट हुने संक्रमणको त्रास सर्वसाधारणमा फैलिएको छ ।
चीनको वुआन प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वमै विकराल रुप लिएपछि भारतमा समेत यसको संक्रमण भेटिन थालेपछि भारतले रोक लगाएपछि ब्रोइलर कुखुरा धमाधम नेपाल आयात हुन थालेको व्यवसायीहरु बताउने गर्छन् ।
खुल्ला नेपाल भारतको सीमानाको मौका छोप्दै भित्रिएका यस्ता ब्रोइलर कुखुरा विना कोरोन्टाइन भित्रिने हुँदा यस्ता कुखुरामा संक्रमण बढ्ने पशुचिकित्सकहरुले बताएका छन् ।
कुखुराको आयातमा बृद्धि भएपछि नेपालका कुखुरा पालक कृषकहरुको चिन्ता आफ्नो व्यवसाय चौपट हुने त्रास एकातिर रहेको छ भने अर्कोतिर विश्वव्यापी फैलिएको कोरोना भित्रिने त्रास पनि उत्तिकै रहेको छ । विगतमा के कति कुखुरा भारतबाट नेपाल भित्रिने गरेको यकिन तथ्यांक कोहीसंग नभए पनि दुई दिनको अवधिमा सुनसरीमा करिब ८ सय भन्दा बढी कुखुरा बरामद गरेर नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय विर्तामोडले जनाएको छ ।
यसरी भित्रिएका कुखुराहरु कुनै चेकजाच विना भित्रिने भएकोले मासु खान योग्य नहुने र यसबाट संक्रमण बढ्न सक्ने पशु ्क्वारेन्टाइन कार्यालय विराटनगर अन्तर्गत पशु क्वारेन्टाइन चेकपोष्ट विर्तामोडका पशु चिकित्सक डा. अन्जन घिमिरेले बताउनुभयो ।
भारतबाट कुखुरा ल्याएर नेपालमा विक्री गर्ने गिरोह नै पछिल्लो समय लागेको पाइएको छ । शनिवार विहान धरान ६ शेरा खोला र इटहरीको तरहराबाट ४ वटा टेम्पोमा करिब २ वटा भन्दा बढी कुखुरा र कुखुरा आयत गर्ने ४ जनालाई प्रहरीले प्रक्राउ गरेसंगै भारतबाट कुखुरा ल्याएर विक्री गर्ने गिरोह नै रहेको रहस्य खुलेको हो ।
सुनसरीका कुखुरा पालक कृषकको सक्रियतामा पछिल्लो पटक भेनको गिरोहले स्कटिङ गरेर चारवटा टेम्पोमा कुखुरा बोकेरै ल्याएको पाइएको थियो । इटहरी सुनसरीमा प्रज्वल भेट फर्मा सञ्चालन गर्दै आउनु भएका चुडामणि निरौलाले लठ्ठी मुंग्री सहित स्कटिकमा आएका उनीहरुलाई आफूहरुको जमात ठूलो नभए प्रक्रन नसक्ने बताउनुभयो । यति हुदा पनि केही गिरोह भागेको र चारजनालाई भने प्रक्राउ गरेर प्रहरीमा बुझाएको बताउनुभयो ।
दिनरात नभनी गिरोह समात्न सफल भएको कृषक तथा व्यवसायीहरुले भारतीय बजारमा यस्ता क्वारेन्टाइन चेक नगरेका ब्रोइलर कुखुरा भित्र्याएर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबार्ड गरेपछि व्यवसायी तथा कृषकहरु दिनरात नभनी गिरोह समात्न सक्रिय भएको उनीहरु बताउछन््
नेपाल पोल्टी तथा व्यवसायी संघ सुनसरीका अध्यक्ष कुलबहादुर कुवर (मनोज) कसैको स्वास्थ्यसंग खेलबार्ड गर्ने यस्ता गिरोहलाई कडा भन्दा कडा कारबाही गर्र्नु माग समेत गर्नुभयो ।
उनीहरुले स्वास्थ्यसंग खेलबाडसंगै नेपाली कुखुरा पालक कृषकहरुले समय अवधिसम्म पाल्दा प्रतिकेजी १ सय ७० रुपैया उसकै खर्च हुने भएपनि भारतबाट आएका कुखुराहरु प्रतिकेजी १ सय रुपैयामै विक्री वितरण गर्दा कृषकहरु मारमा परेको बताएका थिए । कोरोना संक्रमणबाट बच्न नेपाल र भारतका सीमा नाकाहरु आवात जावतमा बन्द भएको अवस्थामा समेत यसरी धमाधम गिरोहले भारतबाट विना भन्सार, क्वारेन्टाइन चेक नगरी नेपाल कुखुरा भित्रिनु प्रशासनका कमजोरी भएृको बताउदै अब प्रशासन र सर्वसाधारण मिलेर भारत र नेपालका सीमा नाका जहाबाट यस्ता अवैध कुखुरा भित्रिन्छ त्यस्तो स्थानमा कडाइ गर्नुपर्ने समय आएको समेत उनीहरुले सुझाएका छन् ।

 

तपाईको प्रतिक्रिया