चोरी गरी फरार एक युवा प्रक्राउ

धरान÷ चोरी गरी फरार रहेका एक युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
धरान १४ विजयपुरबाट लुटपाट गर्ने सोही ठाउर्का १९ बर्षीय एल्बिस राईलाई शनिवार प्रक्राउ गरिएको हो ।
प्रक्राउ परेका एल्बिसले ०७६ कार्तिक २९ गते धरान १४ विजयपुरका प्रथम श्रेष्ठको मोवाइल, पर्स र नगद लुटपाट गरेका थिए ।
फरार रहेका उनलाई चैत्र १ गते विजयपुरबाट धरान प्रहरीले प्रक्राउ गरेको थियो । प्रक्राउ परेका एल्बिसलाई जिल्ला अदालत सुनसरीले ८० हजार धरौटी माग गरे पनि बुझाउन नसक्दा उनी थुनामा रहेका थिए । थुनामै
रहेको अवस्थामा फरार रहेका उनको व्यापक खोजी कार्य गर्ने क्रममा शनिवार धरान १४ विजयपुरबाट प्रक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया