धरान÷एसियाकै सबै भन्दा ठूलो अस्पतालको रुपमा चिनिएको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चोरीका घट्ना हुनु नौलो होइन । त्यहा विगतदेखि नै मोवाइल, विरामीका पैसा चोरी हुने गर्दथे । केही समयदेखि प्रतिष्ठानभित्र चाबी लगाएर पार्किङमा राखेका मोाटरसाइकल समेत हराउन थालेका छन् । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा त्यहा आएका विरामी तथा आफन्तका सवारी साधन धमाधम चोरी हुदा समेत त्यहाका सुरक्षाकर्मी बेखबर हुने गरेको पाइएको छ । चोरी भएको सामाग्रीका विषयमा सम्बन्धित निकायमा उजुरी दिँदा समेत प्रतिष्ठानले गम्भीरता पूर्वक नलिएका कारण चोरी हुनेहरुले पत्रकार सम्मेलनको आयोजना गरेरै त्यहाँका अवस्थाका बारेमा खुलेर् बोल्न थालेका छन् ।
२० दिन अगाडि उदयपुरका एक विरामीको प्रतिष्ठानको परिसरभित्र पार्किङमा राखेको मोटरसाइकल हरायो । बेलका नगरपालिका वडा नंं ३ शान्ति चौकका सरनकुमार चौलागाई व्याडमिन्टन खेल्दा खुट्टा फ्याक्चर भएपछि उहाका कान्छा भाई प्रदीप चौलागाईले घाइते दाइलाई पछाडि हालेर प्रतिष्ठान ल्याउनुभयो । प्रतिष्ठान हाताभित्र औषधि पसल नभएका कारण प्रतिष्ठानबाहिर औषधि लगायत अन्य कामका लागि सहयोग हुन्छ भन्ने हेतुले ल्याउनुभएको थियो ।
स १० प ५१८५ नम्बरको पार्किङमा राखेको मोटरसाइकल १४ गते विहान ४ बजे हेर्दा गायव थियो । उहाले हराएको जानकारी प्रतिष्ठानको भिआइपी सेक्युरिटी सर्भिस, प्रहरीमा निवेदन समेत दिनुभयो । तर पार्किङ्गमा राखेको मोटरसाइकल हराएको उजुरी दिँदा समेत प्रतिष्ठानमा रहेको सेक्युरिटी सर्भिसले वास्ता नै नगरेको बरु गैर जिम्मेवारी जवाफ दिने गरेको मोटरसाइकल धनी प्रदीप चौलागवाईले बताउनुभयो ।
यी मात्र हैनन् यस भन्दा अगाडि पनि प्रतिष्ठानबाट मोटरसाइकल हराएर प्रतिष्ठान प्रशासन, प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको सेक्युरिटी सर्भिस लगायतमा उजुरी दिदा समेत सुनुवाई नहुने उल्टै पार्किङमा राख्नेहरुको गल्ति देखाउने गरिएको पाइएको छ ।
मुख्य कुरा प्रतिष्ठान जस्तो संवेदनशील क्षेत्रमा सुरक्षा अवस्था कमजोर त छदैछ जहा मोटरसाइकल पार्किङ गरिन्छ त्यहा सिसी क्यामेरा समेत राखिएको पाइदैन । जसले गर्दा मोटरसाइकल चोरी हुने र चोरी गर्नेको पहिचान समेत खुल्न नसक्दा चोरीको गिरोहले नै त्यहा चोरी गर्ने गरेको अनुमान छ ।
यस सम्बन्धमा प्रतिष्ठानको स्म्पूर्ण सुरक्षाको जिम्मेवारी लिइएको भिआइपी सेक्युरिटी सर्भिसका निर्देशक टेक लोहनीले भने विरामी तथा विरामीका आफन्तले आफूले पार्किङका रुपमा लिइएको स्थानमा पार्किङ नगरी जथाभावि पार्किङ गर्दा यस्तो समस्या आएको बताउनुभयो । प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको १५दिनमात्र भएको बताउने उहाले अहिले प्रतिष्ठानका चिकित्सक, विरामी तथा विरामीका आफन्तकमा लागि छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने र पार्किङ गरिसकेपछि टोकनको व्यवस्था गरेको बताउदै जथाभावि पार्किङ गर्नेको आफूहरु जिम्मेवारी नहुने बताउनुहुन्छ । उहाले तोकिएको स्थानमा पार्किङ गर्दा त्यसको ज्म्मिेवारी सेक्युरिटी सर्भिसले लिने बताउनुभयो ।
त्यसो त प्रतिष्ठानको सुरक्षा कमजोरलाई चुनौति दिदै गिराहले नै प्रतिष्ठानभित्र पार्किङमा राखेका मोटरसाइकल चोरी गर्ने गर्छन् । प्रतिष्ठानले सेक्युरिटि सर्भिस अगाडि सर्वसाधारणको लागि पार्किङको व्यवस्था गरेको छ ।
अत्यावश्यक भन्दा अन्य बेला पार्किङ अन्य क्षेत्रमा नगर्न आग्रह गर्दा गर्दा पनि अन्य स्थानमा पार्किङ गरेकोले मोटर साइकल चोरी हुने गरेको सेक्युरिटी सर्भिसले जनाएका छ ।
प्रतिष्ठानभित्र चोरीका घट्ना बढेपछि धरान प्रहरीले पनि त्यसमा चासो दिदै सक्रियता बढाएको छ । चासो देखाउने क्रममा प्रतिष्ठानले चोरी हुन लागेका र चोरी भएका धेरै मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाउने र चोरीमा संलग्नलाई कारबाही गरेको इलाका प्रहरी कार्यालय धरानकमा प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
विरामीका आफन्तले राखेका मोटरसाइकल मात्र हैन प्रतिष्ठानभित्रैका चिकित्सकको समेत मोटरसाइकल सुरक्षित हदैन । फागुन ११ गते प्रतिष्ठानका चिकित्स दिपेन्द्र शर्माको गाइनो वार्डबाट ग १२ प १९७९ नम्बरको स्कुटी गायव भयो । त्यसको लगत्तै फागुन १६ गते सोही वार्डबाट अर्को को ४ प २५७६ नम्बरको मोटसाइकल समेत चोरले चार्न नसकी छोडेर भागेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यतिमात्र हैन प्रहरीले केही समय अगाडि अर्थात माघ ८ गते प्रतिष्ठानहाताभित्रै राखिएको को १७ प २८६१ प्रतिष्ठानकै गाइनो वार्डमा
कार्यरत डा.जितेश ठाकुरको मोटरसाइकल चोरी भएपछि धरान प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रक्राउ ग¥यो । धरान १५ का हितेश भनिने रितेश सु्ब्बा र धरान ८ कान ठाडे भनिने पवन विश्वकर्मालाई प्रक्राउ गरेको थियो । प्रक्राउ परेकाहरुले नजिककैको मोटरसाइकल वक्र्समा बेच्ने गरेको तथ्य समेत प्रहरीले फेला पारेको थियो । ती प्रक्राउ परेकाहरुले धरान ८ भोटेपुलमा रहेको ववुवा मोटर साइकल ग्यारेज र सोही ठाउको मनकामना मोटरसाइकल ग्यारेज समेत संलग्न भएको पाएको थियो । प्रक्राउ परेका दुवैलाई ५०÷५० हजार रुपैया धरौटीमा छोडिएको छ भने मोटरसाइकलमा पार्ट खरिद गर्ने दुई ग्यारेजका सञ्चालक भने अहिलेसम्म फरार छन् ।
प्रतिष्ठानजस्तो संवेदनशील क्षेत्रमा सिसी क्यामेरा नभएको मौका छोपेर पार्किङमा राखिएका सवारी चोरी हुनु अवसोवनीय हो । यसतर्फ प्रतिष्ठान प्रशासन र सुरक्षाको जिम्मा लिएको सेक्युरेटी सर्भिस जिम्मेवारबाट पन्छिन मिल्दैन ।
