धरान÷ चीनको बुआन प्रान्तबाट अचानक फैलिएको कोराना भाइरस (कोभिड १९) को प्रकोपले यतिबेला विश्वलाइ आतंकति बनाएको छ । कोरोना प्रकोपकै कारण हजारौ मानिसले ज्यान गुमाइसकेका छन भने लाखौ प्रभावित बनेका छन् ।
कोरोनाको विश्वव्यापी आतंकबाट यतिबेला सबै भन्दा बढी प्रभावित यरोप बन्न पुगेको छ । कोरोनाको सन्त्रासका कारण संसारका सबै मुलुकले उच्च शतर्कता अपनाएका छन् । यसै क्रममा धरानमा समेत सतर्कता अपनाउन शुरु गरेको छ ।
धरान उपमहानगपालिकाले कोरोनाको जोखिम न्युनिकरण र रोकथामका लागि बजारमा माक्र्सको कालोबजारीसंगै अभाव हुन थालेपछि हेण्ड सेनिटाइजर उत्पादन गरी वडावडामा पुगेर वडाबासीलाई वितरण पनि गर्ने भएको छ ।
कालो बजारी रोक्न र सर्वसाधारणलाई सहज रुपमा मास्क उपलब्ध गराउन यसरी हेण्ड सेनिटाइजर मास्क उत्पादन गर्ने नगरपालिकाले जनाएको छ ।
त्यसका लागि हेण्ड सेनिटाईजर उत्पादनलाई गुणस्तरीय बनाई वितरण गर्न र धरानका विभिन्न वडामा पुग्न सहज होस भनेर पाँचवटा क्लष्टरमा विभाजन गरेर कार्यक्रम गर्नका लागि धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाको संयोजकत्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय प्रविधि क्याम्पस र धरान उपमहानगर पालिकाको स्वास्थ्य महाशाखा समेत संलग्न रहने गरी समिति बनाएको छ ।
बजारमा माक्सको अभाव भएसंगै माक्र्स आफै उत्पादन गर्न धरानका सर्वसाधारणलाई तालिम दिनका लागि अभियान अगाडि बढाइएको उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले बताउनुभयो । समितिको संयोजक रहनु भएका खतिवडाले
धरानमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि पर्चा समेत बाड्ने तयारी भइरहेको बताउनुभयो । उहाले मास्क उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आउदो विहीबारबाट काम शुरु गर्ने बताउनुभयो ।
नगरपालिकाले माक्र्सको कालोबजारी रोक्न अनुगमनलाई तिब्रता दिने जनाएको छ । केही समय अगाडि धरान उपमहानगरपालिकाले गरेको अनुगमनका क्रममा मेडिकल पसलबाट लुकाएर राखिएको माक्स समेत धरान उपमहानगरपालिकाले वितरण गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवले बताउनुभयो ।
यता चिकित्सकले भने कोरोनाबाट बच्ने अन्तिम उपाय मास्कमात्र नभएको बताएका छन् । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहले कोरोनाको संक्रमणबाट बच्ने उपाय भनेको मास्कमात्र नभएको बताउनुभयो । उहाँले जुनसुकै काम गर्दा पनि सावुन पानीले हात राम्ररी धुने, भीडभाड, सम्मेलनतिर नजाने र यदि संक्रमण भइहालेमा नजिकको कोरोन्टाइन तथा आइसुलेसनमा गएर सम्पर्क गरिहाल्नुपर्ने बताउनुभयो ।
जेहोस विश्वव्यापी रुपमा सन्त्रासको रुपमा फैलिएको कोरोना भाइरस (कोडिड ९) बाट सर्वसाधारणलाई सुरक्षित राख्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो ढंगबाट काम गरिरहेका छन् । महामारीको रुपमा फैलिन नदिन नेपालसंंग सीमा जोडिएका चीन र भारतका सीमा नाकाहरुमा समेत कडाइ गरिदै लगिएको छ ।
