खेलकुदको माध्यमबाट अनाथ बालबालिकालाई सहयोग

धरान÷ कुनै सांगितिक कार्यक्रमको माध्यमबाट च्यारिटी सो गरेर सामाजिक कार्यमा खर्च गरेको त सुनैको हो तर खेलकुदको माध्यमबाट च्यारिटी सो गरेर समाजमा सहयोग पु¥याएको कुरा सायदै थोरैले सुनेको हुनुपर्छ ।
खेलकुदको माध्यमबाट च्यारिटी सो गर्दै सामाजिक कार्यमा भूपू युके आर्मीहरु विगत ५ बर्षदेखि जुटेका
छन् । फुर्सदको समयको सदुपयोग गर्दै उनीहरु विभिन्न ठाउमा गएर मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्दै च्यारिटी सो जस्तै गर्ने र त्यसबाट उठेको रकम असाय, अनाथ, गरिब तथा भिन्न क्षमता भएका बालबालिकाहरुलाई सहयोग गर्ने गरेका छन् ।
युके आर्मीबाट रिटायर्ड भएका र पूर्व फुटबल खेलाडी समेत रहेका १६ जनाको समूहले बनाएको एफसी गोरखा भेट्रान युकेले यसरी फुटबलमार्फत च्यारिटी सो गर्ने गरेका छन् । केही समय अगाडि ताप्लेजुङमा ताप्लेजुङ रन गरी उठेको रकम त्यहाका बालबालिकालाई ३ लाख रुपैया सहयोग गरेको थियो । यति मात्र हैन पोखराको सहरा भेट्रान टिमसंग एफसी गोरखा भेटूान युकेले फुटबल खेलबाट गरेको च्यारिटी सोबाट उठेको रकम काठमाण्डौको अनाथ बालबालिकाको संस्था सिआरसीलाई २ लाख ७५ हजार सहयोग गरेका थिए ।
भेट्रान युकेका म्यानेजर बुद्धिकुमार सुनुवारले खेलकुदको विकाससंगै खेलकुदको माध्यमबाट सामाजिक कामसंगै युवालाई समेत यो कामबाट प्रेरित गर्ने रहेको बताउनुभयो ।


यस पटक पनि चैत्र १ गते एफसी भेट्रान युकेले धरान फुटबल भेटूानसंग मैत्रीपूर्ण खेल खेल्दै धरानमा रहेको सुस्त मनस्थिति भएका बालबालिकालाई सहयोग गरेको छ । धरानमा रहेको पूर्वाञ्चल बहिरा स्कूल र सुस्त मनस्थिति स्कुललाई ७ लाख २० हजार सहयोग गरको एफएसी भेट्रान युकेका कोषाध्यक्ष छवि लिम्बुले बताउनुभयो । यस्ता कार्यलाईै निरन्तरता दिने उहाले जानकारी दिनुभयो ।
खेलकुदको विकाससंंग खेलकुदकै माध्यमबाट सामाजिक कार्यमा सक्रिय उनीहरु मैत्रीपूर्ण खेलको आयोजनाबाट २ सयदेखि माथि स्वेच्छाले सहयोग गर्ने गरेको समेत बताउछन् । आफ्नो स्रोत र साधनबाट यसरी सहयोगमा जुटेका उनीहरु थोरै भएपनि समाजमा सहयोग पुग्ने अपेक्षा उनीहरुले राखेका छन् ।
यसैबीच धरान भेट्रान फुटबल टिमसंग खेलको मैत्रीपूर्ण खेलमा युके भेट्रानले जित हात पारेको थियो । सो खेलबाट उठेको रकम पूर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई ३ लाख ३ लाख ६० हजारको दरले सहयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया