वैदेशिक भूमिमा महिलाले भोगेका कष्ट दुःख समेटिएको ‘रुदिना’ उपन्यास सार्वजनिक

धरान÷ विदेशी भूमिमा नेपाली महिलाले कत्ति दुःख गर्नुपर्छ भन्ने विषयलाई समेटेर हाल हङकङमा बसोबास गदै आएका स्थायी घर १९ भएका शिव प्रधान ले ‘रुदिना’ नामक उपन्यास सार्वजनिक गर्नुभएको छ । उपन्यास आइतबार धरानका साहित्यकारबीच सार्वजनिक समेत गर्नुभएको छ ।
लेखक प्रधानले तेस्रो कृतिको रुपमा उपन्यास रुदिना अहिले बजारमा ल्याउनु भएको छ । यसभन्दा अगाडि अर्थात माघ २४ गते काठमाण्डौंमा विमोचन भएको यो उपन्यास आइतबार गृहनगर धरानमा पनि विमोचन गरिएको हो ।
हङकङमा गएकी चेलीले कतिको होण्डर खानुपर्छ भनेर उहाँले वास्तविक जीवनसंग मेल खानेगरी रुदिना (महिला) पात्रलाई उभ्याउनु भएको छ ।
नारीको जीवनमा आइपर्ने दुःखलाई समेटेर लेख्नु भएको उहाले भोजपुर, धरान, काठमाण्डौं हुदै आफु अढाई दशकअघि हङकङ पुगेको लेखक प्रधानले बताउनुभयो । हङकङ बसाइकै क्रममा नेपाली चेलीले त्यहाँ भोगेका समस्याहरु नियालेको र वास्तविक कुरालाई आधार बनाएर रुदिना उपन्यास लेखेको बताउनुभयो । रुदिनाको विषयमा बोल्ने अन्य साहित्यकारहरुले यो वास्तविक कथासंग सम्बिन्धत भएको बताएका थिए । साहित्यकार शरण राईले संघर्षशील आमा, महत्वकांक्षी महिला, श्रीमतिको कथा रुदिनामा भएको बताउनुभयो ।
धरानकी एक चर्चित साहित्यकार कुन्दा शर्माले समेत रुदिना उपन्यासको खुलेर प्रशंसा गर्नुभयो । उहाले लेखक एक पुरुष भएर पनि महिलाको समस्यालाई उपन्यासको माध्यमबाट उजागर गरिदिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । यो उपन्यास महिलाको संघर्षको कथासंग जोडिएको छ । यसका जति प्रशांस गरे पनि नपुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया