धरान÷धरानमा माक्सको अभाव देखाउदै कालोबजारी गर्ने गरिएको पाइएको छ ।
बजारमा माक्स र पेट्रोलियम पदार्थको अभाव भएको व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मेडिकल पसलहरुले अभाव सिर्जना गर्दै महंगो दरमा माक्स सर्वसाधारणलाई बेच्ने गरेको पाइएको हो ।
अनुगमन समितिको संयोजक रहनु भएकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले धरानमा रहेका मेडिकल पसल, पेटूोलियम डिलर्स, ग्यास सप्लायर्समा अनुगमन गर्दा पेटूोलियम पदार्थमा अभाव नभए पनि माक्समा भने कृतिम अभाव सिर्जना गरेको पाइएको बताउनुभयो ।
बजार अनुगमन टोलीले धरान–१८ स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडी रहेको गार्जियन फर्माबाट कोरोना भाइरको संक्रमण देखाउदै कृतिम अभाव गरेको पाइएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि सञ्चालन भएको फर्माबाट १ हजार ९ सय पिस मास्क लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । अनुगमनका क्रममा कोरोना भाइरसको हल्ला चलेसँगै पसलमा भएको मास्क विक्री भएको तर मगाएको सप्लायर्सले मास्क नदिएको बताएका थिए । अनुगमनकर्ताले फेला पारेको मास्क
बरामद गरेको छ ।
अनुगमनका क्रममा मेडिकल सञ्चालकहरुले सप्लार्यसले नै नपठाएका कारण मास्कको अभाव भएको बताउने गरेका थिए ।
धरान उपमहानगरपालिकाको अनुगमन समितिको अगुवाईमा इलाका प्रहारी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपाने, शसस्त्र प्रहरी डिएसपी राजेन्द्र श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका सिताराम आचार्य टोलीमा संंलग्न रहनु भएको थियो । अनुगमनका क्रममा टोलीले सर्वसाधारणलाई चाहिने दैनिक उपभोग्य सामानका फर्महरुमा समेत अनुगमन
गरेका थिए ।
