धरान÷ बेलका नगरपालिकाले त्यहाका सर्वसाधारणको आय आर्जन बढाउन तरकारी खेती गर्न उत्प्रेरित गर्ने काम थालेको छ ।
नगरपालिकाको कार्यालय छिर्ने वित्तिकै त्यहा बनेका नमूना कृषि फर्मले जो कोहीलाई आकर्षित गर्छ । नगरपालिकाको भवनको संरचनाबाहेक खाली रहेका सम्पूर्ण जग्गामा नमूना तरकारी खेती बनाइएको छ । नगरपालिका प्रांगरणभित्र यसरी नमूना तरकारी खेती बनाउनुको मुख्य उद्धेश्य बेलका नगरपालिकालाई तरकारी खेतीको हव बनाउदै त्यहाका सर्वसाधारणका जीवन स्तर उकास्ने उद्देश्य नेै रहेको नगरपालिकाले जनाएको छ ।
झट्ट हेर्दा बेलका नगरपालिका छिर्ने जोकोहीलाई नगरपालिकाका भवन नभएर कुनै तरकारी खेत ीगर्ने स्थान झै लाग्न सक्छ । नगरपालिकाले बनाएको संरचनाबाहेकका खाली रहेका जग्गामा नमूना तरकारी खेती गरिएको छ । बेलकाका सर्वसाधारण जो तरकारी खेत गर्न चाहन्छन् उनीहरु तरकारी खेतीको बारेमा बुझ्न आउने गर्छन् ।
बेलका नगरपालिकाभित्र रहेको त्यसै खाली रहेको जग्गालाई कृषि उद्योगको रुपमा अगाडि बढाउदै बाझो रहेको जमिनलाई प्रयोगमा ल्याएर सदुपयोग गर्दै बेलका नगरपालिकामा सेवा लिन आएका सेवाग्राहीलाई यहा रहेका विभिन्न प्रकारका सेमी हाइटेक, नेट हाउस र ओपन टर्नेल खेतिका नमूनाहरु देखाइने गरिएको छ । यसका साथै यहा आउने सेवाग्राहीलाई गड्यौला मल कसरी बनाउन सकिन्छ, काचो मललाई छिटो कसरी पकाउन सकिन्छ, भन्न कुरा सिकाइन्छ । यसै गरी सानो ठाउमा पनि पानी कसरी जोहो गर्न सकिन्छ भनेर प्लाष्टिक पोखरी, थोपा सिचाई, तरकारी खेतीका लागि तापक्रमलाई कसरी मिलाउन सकिन्छ भन्ने कुरा सिकाइने गरेको नमुना कृषि सञ्चालक तथा आफूलाई कृषि उद्योगीको रुपमा चिनाउन चाहने बेलका नगरपालिका वडा नंं ९ का राजु तुलाधार बताउनुहुन्छ ।
उहाले बेलकामा उत्पादन भएका तरकारीको बजारको सम्भावन अत्यन्तै बढी भएकोले पनि पछिल्लोे समय यहाका सर्वसाधारण तरकारी खेतीमा आकर्षित भएको बताउनुहुन्छ । यहा उत्पादन भएका तरकारी बेलका नगरपालिकाका नजिकका बजार मानिएको फत्तेपुर, बेलटार, गाइघाट र सुनसरीको धरानमा तरकारी विक्री गर्न सहज हुने भएकोल बजारको समेत केही कमी नहुने बताउनुभयो । उहाले बेलकाले गरेको यो कार्य सबैका लागि नमूनाको रुपमा रहेको बताउनुभयो ।
उहाले वैदेशिक रोजगारमा गएकाहरुभन्दा बढी तरकारी खेतीबाट आयआर्जन गर्न सकिने बताउनुभयो । यो नमूना खेतीबाट उत्पादन भएका तरकारी बेचबिखन गर्नुका साथै सिक्न चाहनेहरुले एक हजार तिर्नुपर्न हुन्छ । त्यसरी तिरेको रकम नगरपालिकाको कोषमा जम्मा हुने गर्छ ।
यो परिसरमा सागसब्जीदेखि लिएर फलफूलसमेत रोपिएको छ । नगरपालिकाले बनाउका नमूना कृषि फर्मबाट सर्वसाधारणहरुले सिकेर मनग्ग आम्दानी गर्ने गरेको बताउछन् त्यहाका स्थानीय कृषकहरु ।
बेलकाले सिकाएको नमूना कृषि फर्मबाट सिकेर अहिले बेलका नगरपालिका वडा नं. ८का बसन्त राईले पर्सान अर्गानिक खेती तथा पशु फर्मृ सञ्चालन गरेर मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । अहिले उहाले दश वटा टनेलामध्ये ५ वटा टनेलामा टमाटर खेती, पाचवटा टनेलामा वेमौसमी काक्रको बर्ना उत्पादन गर्नुभएको छ भने ९ कट्ठा जग्गामा खोर्सानी रोप्नुभएको छ । यो सबै बेलका नगरपालिका कृषि शाखाबाट सिकेर् काम शुरु गरेको उहाको भनाई छ ।
उहाले बार्षिक रुपमा ४ देखि ५ लाख रुपैया आम्दानी गर्ने गरेको बताउदै वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै तरकारी खेतीबाट आम्दानी गर्न सकिने बताउनुभयो । बेलका नगरपालिकाभित्र रहेका ११ वटै वडाका सर्वसाधारण कृषिमै जीवन निर्वाह गरेका छन्् । यसैलाई मध्यनजर गरी बेलकाले पहिलो नगरसभाबाटै ‘उत्पादनलाई हाम्रा साथ, बस्दिन म खाली हात’ भन्ने नारा तय गरका थियो । जस अन्तर्गत नगरपालिकाले सम्पूर्ण बजेटको ३५ प्रतिशत बजेट कृषिमा नै छुट्याएको छ । छु्याएको बजेटले त्यहाका किसानका लागि सिचाइमा सहज होस् िभन्ने उद्देश्यले डिप बोरिङ, कुलो पैनीदेखि लिएर विउ विजनमा अनुदान, कृषि जन्य उपकरणहरु खरिद गर्न सहयोग गर्ने गरेको छ । कृषिलाई नै प्रोत्साहन गर्ने नगरपालिकाका पहिला प्राथमिकताको काम भएकोले नगरपालिका परिसरमा कृषि डेमो तयार पारिएको बेलका नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष मोहनप्रसाद घिमिरेले बताउनुभयो ।
बेलका नगरपालिकाका सर्वसाधारणको जीवनस्तर उकास्न यसरी बजेटको धेरै अश कृषिमा लगानी गर्दै कृषि खेत गर्न चाहनेहरुलाई परिसरमै तालिमको व्यवस्था, कृषि नमुना फर्म सञ्चालन, विउ विजनको व्यवस्था, सिचाइका व्यवस्था, मलको व्यवस्था मिलाएको छ । यस्ता कार्यले पक्कै पनि कृषिबाट बेलकाका सर्वसाधारणको जीवनस्तर उस्कन सहज हुने निश्चित छ ।
