राजपाको युवा भेला सम्पन्न

धरान÷राष्ट्रिय जनमुक्ति पार्टीको युवा भेला आइतबार धरानमा सम्पन्न भएको छ ।
धरान ८ जनमुक्ति पार्टी सुनसरीको सभाहलमा सम्पन्न भेलाले मनी राई ‘इना’को अध्यक्षतामा ११ सदस्यीय जनमुक्ति युवा महासंघ, धरान उपमहानगर समिति पुनर्गठन गरेको छ ।
समितिको सचिवमा चैत्यन्द्रराज बज्राचार्य, कोषाध्यक्ष सुनिल लिम्बु चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा पदमजङ्ग राई, लिसरा थापा मगर, रुपेश तामाङ, स्वेच्छा गोले, दीपेन्द्र राई, युवराज श्रेष्ठ, राजकुमार लिम्बु र सुदिप राई रहनु भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रय अध्यष्क्ष केपी पालुङ्वाको प्रमुख आतिथ्य तथा जनमुक्ति युवा महासंघ केन्द्रीय सदस्य अनिरुद्र थापा मगरेको आतिथ्यमा भेला सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया