सोलुखुम्बु÷सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ ।
सोमबार दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमाया एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुबाट समेत प्रहरी टोली घट्ना स्थलमा पुगेको थियो ।
