धनकुटा÷धनकुटा नगरपालिका पाख्रिबास–६ फलाटे डढुवा बस्ने २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार राति १० बजे राईको घरमा बिजुलीको करेन्ट नआएको कारण उनी आफै घर नजिकै रहेको बिजुलीको पोलमा गई बनाउने क्रममा उनलाई करेन्ट लागेकोमा स्थानीयहरुले जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराउने क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
