फुटबल खेलाडी उत्पादनमा एन्फाको जोड

धरान÷ स्तरीय फुटबल खेलाडी उत्पादन गर्न अखिल नेपाल फुटबल संघ एन्फाले गाउ गाउ तथा जिल्ला जिल्लामा फुटबल प्रशिक्षण केन्द्र सञ्चालन गर्ने भएको छ ।
ग्रास रुटदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले विगतमा विद्यालयस्तरीय प्रशिक्षण कार्यक्रम गदैै आएको एन्फाले अब भने गाउ गाउ तथा जिल्ला जिल्लामा फुटबल खेलको प्रशिक्षण शुरु गर्ने जनाएको छ ।


प्रदेश नं. १ ले फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको र अहिले विगतमा मोफसलमा धेरै प्रतियोगिताहरु सञ्चालन भएकोप्रति एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसा गर्दै अब खेलाडीका स्तरोन्नतिमा एन्फा क्रियाशिल हुनलाई गाउ गाउ तथा जिल्ला जिल्लामा फुटबलका प्रशिक्षणलाई अगाडि बढाइने बताउनुभयो । २२ आंै सस्करणसम्म सफल गोल्डकपको आयोजन गर्ने धरान फुटबल क्लबले खेलको विकासमा ठूलो भूमिका खेलेको प्रशंसा समेत उहाले गर्नुभयो ।
टोल टोलमा खेलाडी उत्पादनका काम भइरहे पनि उनीहरुको खेललाई अझै स्तरीय बनाउदै राष्ट्रको खेलमा योगदान पु¥याउने खेलाडी उत्पादनमा एन्फाले विशेष जोड दिने उहाले बताउनुभयो ।
यस्तै मोफसलमा फुटबल विकासका लागि अहोरात्र खटिनु हुने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले राज्यको न्यून सहयोगमा समेत आफूहरुले गोल्डकप टिकाइरहेको बताउनुभयो । एन्फा प्रदेश न.. १ का अध्यक्ष समेत रहनु भएका राईले फुटबल खेलको विकासमा लागेका क्लबहरुलाई राज्यले विगतमा सोचेजस्तो सहयोग नगरेको गुनासो पोख्दै अहिले मुलुक संघीय संरचनामा गएपछि एन्फा समेत यही संरचनामा चल्न बाध्य हुदा विगतको भन्दा केही सुधार भएकोप्रति सन्तोष व्यक्त गर्नुभयो ।
एन्फाले मोफसलमा हुने फुटबल खेलको विकास मात्र हैन, खेलकुदका पूर्वाधार विकास, खेलाडीलाई व्यवसायिक बनाउने अभियानमा समेत जुटेको एन्फाले जनाएको छ ।
अहिले प्रदेश नं. १ मा एक दर्जन भन्दा बढी प्रतियोगिता हुने गरेका छन् । मोफसलमा हुने यस्ता प्रतियोगितालाई पनि स्तरीय बनाउदै लाने योजनारहेको एन्फा अध्यक्ष शेर्पाको भनाई छ ।

 

तपाईको प्रतिक्रिया