बुढासुब्बा गोल्डकपको फाइनलम हसाए दले दाइले

धरान÷नेपालको चर्चित एवम पहिलो हास्यव्यग्य रियालिटी सो कमेडी च्याम्पियनका सुमन कोइराला आफने गृह जिल्ला सुनसरीमा आएर भोट अपिलमा लागेका छन् ।
धरानमा भएको २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा शनिवार समेत आएर दर्शकमाझ दमदार प्रस्तुति दिएका उनले रियालिटी सोमा प्रस्तुत गरेको लोकप्रिय कमेटी दलेदाई पस्किदा फुटबल हेर्न आएका दर्शकहरुले उनको प्रस्तुति मन पराएका थिए । उनलाई सो अवसरमा धरान फुटबल क्लबले भोटिङ्गमा सहयोग पुगोस् भन्ने अभिप्रायले ५ हजार सहयोग गरेको थियो ।
भोटकै कारण एक पटक बाहिरिएका उनी निर्णायकको अधिकार प्रयोग गरेर उनलाई पुनः प्रतियोगितामा मौका दिइएको थियो । त्यसपश्चात दमदार प्रस्तुतिसंगै कहिल्यै पछि फर्केर हेर्नु नपरेका उनी अहिले टप ३ मा पर्न सफल भएका छन् । फाइनलमा कोइरालाले हिमेश पन्त र खड्ग बहादुर पुन मगरसग भिड्नुपर्ने भए पनि यी दुई प्रतिपर्धीलाइ पनि कम आक्न सकिदैन । उनीहरुको प्रस्तुतिले पनि दर्शकहरुको मन तान्न सफल भएको छ । प्रतिष्पर्धामा प्रथम हुने प्रतियोगीले २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमणको व्यवस्था
गरिएको छ ।

तपाईको प्रतिक्रिया