शव वेवारिसे बनाएपछि छानविन समिति

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शव आफन्तको जानकारी बिना अन्यत्र सारेर शवको पहिचान गर्ने नसक्ने अवस्थामा पु¥याएको भन्दै तोडफोड र हातपातमा उत्रिएका आफन्तको माग बमोजिम प्रतिष्ठानमा सोमबार बसेको सर्वपक्षीय भेलाले डा. शम्शेर श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालको उपस्थितिमा गठन भएको छानविन समितिको अन्य सदस्यहरुमा डा. विकास साह, डा. सुरज ढुंगाना, सई दुर्गाप्रसाद
पराजुली र जनकऋषि राई रहेका छन् । छानविन समितिले सात दिनभित्रमा प्रतिबेदन बुझाउने जिम्मा पाएको छ ।
धरान उपमहानरपालिका वडा नं. १७ का कुलबहादुर लिम्बुको उपचारका क्रममा फागुन ८ गते निधन भएपछि उनको शव प्रतिष्ठानको शवगृहको च्याम्बर नं. २ मा राखिएको थियो बेलायतमा भएका आफन्तलाई पर्खने क्रममा पैसा तिरेर राखिएको शव कर्मचारीले अन्यत्र सारेर चिन्न नसक्ने अवस्थामा पु¥याएको भन्दै फागुन १० गते शनिवार मृतकका आफन्त आक्रोसित भएका थिए । उनीहरुले अस्पताल प्रशासनले माफी माग्नुपर्ने र शब अन्यत्र सार्ने कर्मचारीलाई
कारबाही गर्नुपर्ने भन्दै शवगृह तोडफोड गर्दै फोरेन्सिक विभागका एसिस्टेन्ट प्रोफेसर डा. अभिषेकमाथि हातपात समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया