धरान÷धरान उपमहानगरपालिका वडा न. १९ भिक्टोरिया चौककी २७ बर्षीया एक महिलाले हङकङमा घरको छतबाट हाम फालेर आत्महत्या गरेकी छन् ।
शनिवार अपरान्ह १२ बजे हङकङको वाइनचाई रोड ४०–५४ अवस्थित एक निजी आवासीय भवनको सात तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । हाम फाल्नु अगाडि उनले अनौठो गतिविधि देखाएपछि स्थानीयले
प्रहरी र सञ्चारकर्मीलाई बोलाएका थिए । तर उनले कसैको अनुरोध नमानी हाम फाल्दा सडकमा उनको टाउको बजारिएको थियो । उनलाई तुरुन्त अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
बृषिका राई नामकी ती महिला एक निजी आवासमा बस्दै आएकी थिइन् । उनका आफन्त धरान र बेलायतमा बस्दै आएका छन् । उनले किन आत्महत्या गरिन् भन्ने कुरा खुल्न सकेको छैन । प्रहरीले मृतकले आफ्नी दिदी जो सिंगापुरका बस्दै आएकीसँग लामो कुराकानी गरेको फोन डिटेल फेला पारेको छ । प्रहरीले डिप्रेशनका कारण आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।
