आजीवन आन्दोलित भ्रष्टाचार विरुद्धका अभियन्ता एवम् धरानका पूर्व उपप्रमुख कृष्ण नारायण पखिलेको निधन

धरान÷यतिबेला धरानका जल माफिया, भू माफिया, भ्रष्टाचारमा लिप्त, अनियमिततामा सक्रिय सकुनीहरुले चैनको सास फेरेको हुनुपर्छ । कहिल्यै लाभको पदको आकांक्षी नभएका अनियमितताको विरुद्ध आजीवन आन्दोलित धरान उपमहानगवरपालिकाका पूर्व उपप्रमुख कृष्णनारायण पलिखेको आइतबार दुःखद् निधन भएको छ ।
साधा जीवन उच्च विचार भएका, बापमपन्थी आन्दोलनका पर्याय नै मानिनु हुने पलिखेको ७८ बर्षको उमेरमा निधन भएको खबरले
धरानमा उहाँसँगै भ्रष्टाचार विरुद्धको अभियानमा हिडेकाहरुलाई खिन्न बनाएको छ । जीवनको उत्तरार्धमा जन सरोकार मञ्च धरानको अध्यक्ष भएर भ्रष्टाचार, अनियमितताको आन्दोलनमा अहोरात्र लाग्न भएका पलिखे केही समय यता मृगौला र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।
स्वर्गीय पलिखेलाई नजिकबाट चिन्नु हुने वामपन्थी आन्दोलनका धरोहरकै रुपमा रहनु भएका पारस सुब्बा पलिखेलाई सम्झदै भन्नुहुन्छ उहाँले कहिल्यै पदीय आकांक्षा देखाउनु भएन । आजीवन वामपन्थी आन्दोलनमा समर्पित पलिखे प्रारम्भमा पुष्पलाल खेमामा रहनु भएको थियो । उहाँ सम्झदै भन्नुहुन्छ २०३४ सालमा उहाँले आफ्नै घरमा अनेरास्ववियको अधिवेशन गराउनुभयो । त्यस बेला अखिलमाथि लागेको प्रतिबन्धका कारण चार बजेसम्म अधिवेशन सिध्याउनु पर्ने थियो । उहाँ पुष्पलाल समूहका मानिस हुनुहुन्थ्यो । पछि मनमोहन अधिकारीले पूर्व कोशी भनेर चलाउँदा उहाँ पूर्व कोशीमा ०३८ सालमा प्रवेश गरिसक्नु भएको थियो । सुब्बा तत्कालीन नेकपा मालेको तर्फबाट धरानमा संगठन गर्नुहुन्थ्यो । २०४२ सालमा धरान बुद्धचौकका अधिवक्ता बलराम राई, कृष्णनारायण पखिलेलाई सुब्बाले नै तत्कालीन मालेमा प्रवेश गराउनु भयो ।


उहाँ मालेप्रति आकर्षित हुनुभयो त्यसैले उहाँ मालेमा प्रवेश गर्नुभएको थियो । त्यसबेला पार्टी भूमिगत थियो । भूमिगत हिसाबले नै पार्टीको गतिविधि अगाडि बढाउनुपर्ने भएकोले उहाँले त्यसै अनुसारको व्यवस्थापन सुब्बाले नै गरिदिनु भएको थियो भने पार्टीलाई उहाँले आर्थिक सहयोग पनि गर्दे जानुभयो । पछि २०४५ साल भदौ ५ गते जुन भुइँचालो आयो त्यस भुइचालोमा परेकाहरुलाई सहयोग गर्न मनोहर कुटीमा मदन भण्डारीको उपस्थितिमा मिटिङ्ग भयो । पुराना माटाका घरहरु, काठका घरहरु त्यसबेला धरानमा क्षति भए भने धेरैको निधन भयो । त्यसबेला त्यही मिटिङ्गले एउटा राहत संकलन समिति गठन ग¥यो जसको संयोजक कृष्णनारायण पलिखे नै हुनुहुन्थ्यो । धरानबाट लिला सुब्बा, कुन्ता शर्मा, कृष्णनारायण पलिखे र तल्लो वेल्टबाट समेत गरी १३ सदस्यीय राहत संकलन समिति बनाइयो । त्यसले आफ्नो कामलाई अगाडि बढायो अर्थात राहत संकलन शुरु भयो ।
तर दुर्भाग्य त्यो राहत संकलन समितिलाई प्रतिबन्ध लाग्यो र पलिखे लगायतलाई सिडियोले नियन्त्रमा लियो । राहत बाँडन दिइएन । त्यसभन्दा अगाडि धरान नगर पञ्चायतको प्रधानपञ्चको रुपमा तीनवटा राजनैतिक पार्टीको सहयोग र समर्थनमा वम देवानलाई जनपक्षीय उमेद्वार बनाउँदा निर्वाचन हाक्न धरानको छाताचौकको सानो घर उहाँले पूरै निर्वाचन प्रयोजनका लागि दिनुभयो । उहाँको जुझारुपन देखेर अरु दल समेत आकर्षित भएका थिए । २०४६ साल चैत्र २७ गते राति पञ्चायत व्यवस्था विस्थापत भएर बहुदलको घोषणा भयो । २०४७ साल पौष २२ गते अर्थात तत्कालीन मालेको कार्यकालमा सुब्बाले २१ जनालाई सदस्यताका लागि सिफारिस गर्नुभयो । जसमा कृष्ण नारायण पलिखे, कुन्ता शर्मा, लिला सुब्बा, मनोज मेन्याङ्गबो, खगेन्द्र श्रेष्ठ सबैलाई कम्युनिस्ट पार्टीको सदस्यता वितरण गर्दा सुब्बाले नै सपथ खुवाउनु भएको थियो पार्टीको हैसियलते । पलिखेको विविध आन्दोलनमा सक्रियता भएपनि पार्टी हैसियत थिएन । वहुदल आएपछि अर्को संरचनामा जानुपर्छ भनेर जिल्लामा छलफल चल्दा निर्णयार्थ धरान नगरपालिका अन्तर्गत २१ जनालाई पौष २२ गते भीम आचार्यको उपस्थितिमा पार्टी सदस्यता सपथ समारोह कार्यक्रममा उहाँले सपथ खानु भएको थियो ।
२०४३ सालमा मदन भण्डारीे एउटा दस्तावेज लेख्न शान्त ठाउँको खोजीमा हुनुहुन्थ्यो । पलिखेले नै विजयपुरको आफ्नो घर उपलब्ध गराउनु भएको थियो । पछि भण्डारीले पखिलेको मुक्त कण्ठले प्रशंशा गर्नुभएको थियो । त्यसबेला मदन भण्डारी राज मोतिको नाममा आफना
राजनीतिक लेखहरु प्रकाशित गर्नुहुन्थ्यो । २०४८ सालको प्रतिनिधि सभाको निर्वाचनमा जिताउन मनमोहन अधिकारीलाई जिताउन पलिखेले महत्वपणर््ूा भूमिका निर्वाह गर्नुभयो । पलिखेलाई त्यसैबेला नगरको पार्टी सचिवको जिम्मेवारी दिइएको थियो । २०५४ सालको दोस्रो स्थानीय निर्वाचनमा उहाँलाई पार्टीले उपमेयरको प्रत्यासी बनायो । मेयरमा मनोज मेन्याङ्गबो र उपमेयरमा पखिलेले निर्वाचन जित्नुभयो । तर काम गर्ने शिलशिलामा मेन्याङ्गबोसँग टक्सल परेपछि, भष्टाचारकै विषयलाई लिएर विवाद भएपछि उपमेयरबाट राजीनामा दिनुभएको थियो । त्यसैबेला नगर पालिकाभित्रको भष्टाचार देखेपछि उहाँले आफूलाई भ्रष्टाचार विरुद्धको अभियान्ताको रुपमा सक्रिय रहनु भयो । पछि माले र एमाले बे्रक हुँदा उहाँ एमालेमै रहनु भयो । माओवादीहरु मूलधारमा आएपछि माओवादीमा जाुनभयो । तर २०७० सालमा माओवादी ब्रेक भएपछि उहाँ कसैमा नगई स्वतन्त्र रुपमा रहनुभयो ।

तपाईको प्रतिक्रिया