माघ ८ लक्षित पूर्वको सुरक्षा कडा बनाइदै

धरान/संविधान जारी गर्ने मिति नजिकिदै गर्दा विभिन्न राजनैतिक समूहबाट हुन सक्ने सम्भावित गतिविधि र सोही अवसरको फाइदा उठाएर सीमावर्ती क्षेत्रमा हुने आतंककारी चलखेललाई ध्यानमा राखी यतिबेला पूर्वाञ्चलको सुरक्षा व्यवस्थालाई कडा
पारिदै लगिएको छ ।
संविधान जारी हुादाको र जारी नहुादाको अवस्थामा अराजक गतिविधि हुन सक्ने उच्च सुरक्षा स्रोतको ठम्याई छ । संविधानसभामै रहेका र नरहेका राजनैतिक दलहरुले नै मोर्चाबन्दी
गरेर विरोधसागै बन्दका कार्यक्रम सार्वजनिक गरेपछि सुरक्षा चुनौति थपिएको स्रोतले जनायो । ३३ दलीय मोर्चाले माघ ६ गतेको आमहड्ताल पछि पनि विरोध र बन्दका कायक्रमलाई कुनै न कुनै रुपले अगाडि बढाउने उच्च सुरक्षा निकायको अनुमान छ ।
खासगरी माघ ८ लक्षित कार्यक्रमसागै पूर्वका भारतीय सीमा जोडिएका झापा, मोरङ्ग, सुनसरी,
सप्तरी, सिराहालाई सुरक्षाका दृष्टिले अति संवेदनशील जिल्लाका रुपमा प्रहरीले लिदै आएको छ । पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका अनुसार तराईमा सक्रिय विभिन्न जातीय, क्षेत्रीय एवम् सशस्त्र समूहले राजनैेतिक आडमा हिासात्मक गतिविधि गराउन सक्ने भएकोले सुरक्षा सतर्कता अपनाइएको हो । यस्ता समूहका गतिविधिका बारेमा सुरक्षा निकायले केही समय यता सूचना समेत संकलन गर्दै आएको स्रोतले जनायो । यसैगरी पहाडी जिल्लामा पनि सुरक्षा अवस्था कडा बनाइकएको छ । रणनीति बनाएरै गतिविधि गर्दै आएका समूहका सबैखाले गतिविधि निस्तेज बनाउने अभियानमा सुरक्षा निकाय पुगेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नवराज सिलवालले पूर्वाञ्चलका केही पहाडी जिल्लामा केही सशस्त्र समूहले चन्दा आतंक मच्चाउने, धम्क्याउने लगायतका गतिविधि गर्दै आएका
छन् । अब उनीहरुको गतिविधिलाई निस्तेज बनाउनेमात्र हैन सून्यमा झार्ने लक्ष्य रहेको सिलवालको कथन छ । प्रमुख सिलवालका अनुसार पूर्वका १६ वटै जिल्लाबाट गोप्य सूचना संकलन भइसकेको छ ।

तपाईको प्रतिक्रिया