नेपाल पर्यटनको अत्याधिक सम्भावना भएको मुलुक हो– भारतीय राजदुत रन्जित रे

धरान/भारतीय राजदुत रञ्जित रेले नेपाल पर्यटनको अत्याधिक सम्भावना बोकेको मुलुक भएको बताउनुभएको छ ।
राजदुत रेले उक्त कुरा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेट्ट (नाट्टा) को ५१ औ बार्षिक साधारण सभालाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दा बताउनुभएको हो । उहााले नेपाल र भारतले संयुक्त रुपमा पर्यटन प्रवद्र्धन अभियान थाल्ने समेत प्रष्ट पार्नुभयो । दुई देशबीच पर्यटन प्रवद्र्धन गर्ने अभियान शुरु भइसकेकोले दुवै देशबीचमा आपसी सहकार्य आवश्यक छ ।
राजदुत रेले यस भन्दा अगाडि पोखराको लेकसाइडस्थित फुड फेस्टिवलको समुद्घाटन गर्दा पनि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनुभएको थियो । त्यसबेला उहााले पोखरामा आउने
भारतीय पर्यटक तथा अन्य पर्यटकले सिधै हवाइसेवा पाएमा पोखरामा मात्र नभएर आपसका क्षेत्रमा पर्यटक बढ्ने प्रष्ट पार्नुभएको थियो । नाट्टाको ५१ औं साधारणसभामा समेत राजदुत रेले नेपाल पर्यटनका लागि अत्यन्तै रमणीय रहेको बताउनुभएको थियो । नेपालको पशुपति नाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुर लगायतका स्थान धार्मिक पर्यटनको लागि गन्तव्य स्थल हुन् । उहााले भन्नुभयो नेपालको समग्र आर्थिक विकासका लागि जलविद्युत, कृषि र पर्यटन भएकोले यसको प्रवद्र्धनमा नेपाल सरकारले बढी ध्यान केन्द्रित गर्नुपर्छ । आर्थिक प्रवद्र्धन नै विकासको सम्पूर्ण मेरुदण्ड हो ।
राजदुत रेले भन्नुभयो पर्यटकीय विविधिताले सजिएको नेपाललाई शाहसिक र धार्मिक पर्यटकीय दृष्टिले प्रचार गर्नुपर्छ, यी दुवै माध्यमबाट नेपालले गुणस्तरीय पर्यटक भित्र्याउन सक्छ । उहाले भन्नुभयो नेपालले बार्षिक लाखौ पर्यटन भित्र्याउन सक्छ ।

तपाईको प्रतिक्रिया