धरान/सहमतिमै संघीयतासहित पहिचानको संविधान ल्याउनु पर्ने माग राखी एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा रहेको ३० दलीय मोर्चा र माओवादी वैध समूहले संयुक्त रुपमा हिजो मंगलबार गरेको देशव्यापी आम हड्तालका क्रममा पूर्वाञ्चलको जनजीवन समेत पूर्ण रुपमा प्रभावित भएको छ ।
लामो प्रयासपछि पनि सहमति जुटाउन दलका शीर्ष नेताहरु असफल भएपछि सत्तापक्षीय कााग्रेस, एमाले प्रक्रियामै गएर भएपनि माघ ८ गते संविधान बनाउने गृहकार्यमा लागेपछि ३० दलीय मोर्चा र वैध माओवादी आन्दोलनमा उत्रिएको हो । बन्दका क्रममा पूर्वाञ्चल मुलुकका अन्य स्थानको तुलनामा अपेक्षाकृत शान्त देखिएको थियो ।
मोर्चामा संलग्न बन्दकर्ताहरुले मंगलबार बन्दलाई सफल बनाउन पूर्वाञ्चलका विभिन्न सहरमा आइतबार सिट्टी जुलुस निकालेका थिए भने सोमबार सााझ मसला जुलुस प्रदर्शन गरेका
थिए । बन्दको दिन विहानैदेखि धरानमा बन्दकर्ताहरुले भानुचौकमा बसी मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएका थिए । यद्यपि धरानमा भित्री सडक, छाताचौक, पुरानो बजार, महेन्द्रपथहरुमा सञ्चालन भएका मोटर साइकलहरुमा बन्दकर्ताहरुले कुनै
अवरोध पुर्याएनन् । इटहरी, विराटनगरसागै झापाको कााकडभिट्टामा भने तोडफोडका घटनाहरु भएका थिए । झापाको कााकडभिट्टामा ना २ ख ९९२४ नम्बरको ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका थिए । आगजनीमा परी ट्रकका चालक सख्त घाइते भएका थिए । हाल उनको विर्तामोडस्थित निजी मडिकल अस्पतालमा उपचार भइरहेको छ । बन्दकर्ताहरुले काभ्रेको वनेपामा वुडोल र पुल बजारमा सिलिण्डर विस्फोट
गराएका थिए । विस्फोटबाट स्थानीय कुमार श्रेष्ठको घरमा क्षति पुगेको छ । राजधानीमा दर्जनौ सवारी साधनमाथि आगजनी र तोडफोड भएको छ । प्रहरीले सााझसम्ममा सैयौ प्रदर्शनकारीहरुलाई गिराÏतार गरेको छ । लहान, वीरगञ्ज, पोखरा, नारायणघाट, जनकपुर, नवलपसारी लगायतका स्थामा समेत बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड र आगजनीसागै केही व्यवसायी प्रतिष्ठानमाथि क्षति पुर्याएका थिए ।
मोर्चाको बन्दका कारण पूर्वाञ्चलका औद्योगिक प्रतिष्ठानहरु, शिक्षण संस्था, वित्तीय संस्थाहरु र सरकारी कार्यालय समेत बन्द रहे । यसैबीच पूर्वाञ्चलका केही स्थानमा आगजनी र तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई विभिन्न स्थानमा नियन्त्रणमा भएको छ । यसैबीच
विराटनगरको कान्तिपुर पत्रिका बोकेको गाडी बन्दकर्ताहरुले तोडफोड गरेका
छन् । वा ३ च ५८५८ नम्मरको गाडी आगजनी भएको हो । उनहिरुले माथिको आदेश भन्दै पत्रिका बोकेको गाडी सहित हजारौप्रति कान्तिपुर र काठमाण्डौ पोष्ट जलाएका हुन् । समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई बन्दकर्ताले अबरोध गरेका थिए । फोटो पत्रकार उपेन्द्रमानसिंहलाई तस्विर नलिन भन्दै रोकेका थिए । यस्तै ललितपुरको झम्सीखेलमा एउटा ट्याक्सी तोडफोड भएको छ । नयाा वानेश्वरमा एउटा मोटरसाइकल तोडफोड भएको छ । सो क्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर झडप समेत भएका थिए । यस्तै बागबजारमा महिला चढेको स्कुटीमाथि तोडफोड हुादा चालक घाइते भएकी छन् । नेपालगञ्जमा आन्दोलनकारी हरुले परीक्षा सञ्चालन भइरहेको विद्यालयमा अवरोध पुर्याएका छन् । विजुली बजार काठमाण्डौमा बा ३ प १३६६ नम्मरको मोटर साइकलमा आगजनी भएको छ । बन्दकर्ताले नयाा वानेश्वरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चढेको बा १ झ २०७६ नम्मरको गाडीमा तोडफोड गरेका छन् ।
यसैगरी बन्दकर्ताले चितवनमा दुईवटा तथा विर्तामोडमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार पत्रिका छाप्ने न्यूज प्रिन्ट कागज बोकेर वीरगञ्जबाट भरतपुर आउादै गरेको ट्रकमा आगजनी भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खुम्र्बुरेमा ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । उनीहरुले चालकबाट ५० हजार समेत लुटेका छन् । पाल्पामा बन्दकर्ता ५ बजे नै सडकमा उत्रिएका थिए । उनीहरुले सडकमा कुनै पनि सवारी साधन चल्न दिएनन् । उता बर्दीयाको सदरमुकाम गुलरिया लगायत व्यापारिक केन्द्र बन्द भएका छन् । काठमाण्डौ लगायत मुलुकका विभिन्न स्थानमा छुटेका रात्री बस प्रहरीले स्कर्टिङ्ग गरी गन्तव्यसम्म पुर्याएको छ । सोमबार राति संसद भवनमा कार्य व्यवस्था परामर्श समितिको छलफलमा एमाओवादी र मधेशी दलसहित विपक्षी मोर्चाको अवरोध र आक्रमणले मुलुकको राजनैतिक स्थिति अराजकतातर्फ धकेलिएको छ ।
