थारुको रिहाइको माग गर्दै धर्ना

धरान÷टीकापुर घट्नामा संलग्नताको आरोपमा जेल सजाय भोगिरहेका सांसद रेशम चौधरीको रिहाइको माग गरी कैलालीमा लक्ष्मण थारुले शुरु गरेको आमरण अनसनमा ऐक्यबद्धता जनाउँदै धरानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले धर्ना दिएको छ ।
दुई बर्षीय बालकसहित आठ जनाको ज्यान जाने गरी भएको घट्नामा थारु नेता समेत रहेका रेशम चौधरीलाई दोषी ठहर गरी जेलमा राख्नु न्यायोचित नभएको भन्दै उनको रिहाइका लागि ऐक्यबद्धता जनाएको संघीय लिम्बुवान मञ्चका नेताहरुले जनाएका छन् । मञ्चका सुनसरी इन्चार्ज भुपेन्द्र सुन्दर लावतीका अनुसार चौधरीको रिहाइका लागि ऐक्यबद्धता जनाउनुका साथै प्रदेश न. १ को नामांकन लिम्बुवान किरात खम्बुवान हुनुपर्ने मागमा समेत धर्ना केन्दित रहेका उनले बताए । माघ २३ गतेदेखि शसक्त आन्दोलनको तयारीमा रहेको मञ्चले हाललाई आन्दोलन स्थगित गरी प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने भन्दै मुख्यमन्त्री, प्रधानमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाएको छ ।
संघीय लिम्बुवान मञ्चले फागुन ५ गते सोमबार लिम्बुवान,
किराँत संयुक्त संघर्ष समिति नै गठन गरेको छ । भरतमान थामीको संयोजकत्वमा गठन भएको २५ सदस्यीय संघर्ष समितिको सदस्यहरुमा कृष्ण लावती,कैलाश आङदेम्बे, चित्र वनेम, वीरबहादुर सुब्बा, विपिन इवारम, कृष्ण लिम्बु, भुपेन्द्र सुन्दर लावती, गजेन्द्रमान चोङवाङ क्याक, आइन्द्र कुरुम्बाङ्ग, चन्द्र सम्हाम्फे, अमर इजम, मनोहर थलुङ्ग, अंशुवर्मा लिम्बु, राजन सेम्बु, उदय सुब्बा, पारस लिम्बु, देवान तामाङ्ग, सञ्जुहाङ साम्बा, राम नेम्वाङ्ग, अशोक चोङवाङ, रिन्जी शेर्पा, पदम तामाङ्ग, मिजोतलुङ्ग लिम्बु, चन्द्र गोम्देन लगायत रहनु भएको छ । मञ्चद्वारा घोषित कार्यक्रमहरुमा फागुन ८ गते इटहरीमा खबरदारी कोणसभा, फागुन १० गते धरानमा वृहत अन्तरक्रिया, फागुन १४ गते धरानमा खबरदारी कोणसभा, फागुन १७ गते इटहरीमा अन्तरक्रियासंगै सशक्त जन प्रदर्शन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया