पा“च बर्षपछि नाम मुछिदा आश्चर्य चकित

इटहरी÷समाजसेवी एवम् मनोकामना ज्वेलर्स इटहरीका सञ्चालक विश्वराज धिमाललाई पाँच बर्ष अगाडि नै सम्पूर्ण प्रक्रिया पु¥याई छोडिसकेको एक कम्पनीमा नाम मुछेर बद्नाम गराउन खोजिएको छ ।
इटहरी उपमहानगरपालिका नगरसभा सदस्य समेत रहेका धिमालसँगै अन्य दुईजना मिलेर गोरखा आभुषण २०६९ सालमा स्थापना गरेका थिए । अन्य दुई जनामा टेकेन्द्र येङदेन, प्रदीप श्रेष्ठ रहनु भएको थियो । तर धिमालले २०७१ सालमै कम्पनीबाट सम्पूर्ण शेयर विक्री गरी आफ्नो अचल सम्पत्ति फिर्ता लिनु भएको थियो । त्यसैबेला सम्पूर्ण पक्रिया पु¥याएर माइनेटिङ्ग गरेर धिमालले कम्पनी छोड्नु भएपनि हाल उहाँको नाममा उजुरी परेपछि उहाँ आश्चर्य चकित हुनुभएको छ । धिमाल भन्नुहुन्छ एकजना अधिकारी थरका व्यक्तिले गोर्खा अभुषणमा ४ लाख ५० हजार राखेका रहेछन् । त्यो पैसा कम्पनीले नदिएपछि उजुरी हाल्दा आफनो नाम समेत मुछिए छ । अन्य दुइ जनाले उजुरी गर्नेको पैसा फिर्ता गरिसकेका रहेछन् । आफूले छोडिसकेको कम्पनीमा हाल अर्थात पाँच बर्ष पछि आएर नाम मुछिएको देख्दा सुनियोजित रुपमा कसैले बद्नाम गराउन खोजेको धिमालको कथन छ ।

तपाईको प्रतिक्रिया