नेपाल साना उद्योग व्यवसायी संघका पदाधिकारीको पदभार ग्रहण

धरान/नेपाल साना उद्योग व्यवसायी संघ केन्द्रीय कार्यसमिति
धरानको पौष १२ गते भएको आठौ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्स्हरुको पदस्थापन एवम् सपथग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
निवर्तमान सभापति प्रेमप्रसाद पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा विजयपुर अध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाल, पूर्व डिएसपी राजकुमार श्रेष्ठ, लालबहादुर कार्की, विश्वहिन्दु परिषदका केन्द्रीय अध्यक्ष देवराज अधिकारी, निर्वाचन समितिका संयोजक नेपाल राष्ट्रिय निवृत्त संयुक्त कर्मचारी संघका अध्यक्ष भोलाप्रसाद चौधरी, नेपाल साना उद्योग व्यवसायी संघ सुनसरी शाखका सभापति शान्ता अधिकारी लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
धरान १४ हुक्पाचोङवाङ पार्कमा भएको सो कार्यक्रमको स्वागत मन्तव्य संघका बरिष्ठ उपसभापति उद्धवप्रसाद अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय गायक गंगा
बरदानको सहयोगार्थ सहयोग समिति गठन गरी बैंक खाता सञ्चालन गर्ने निर्णय समेत पारित गरिएको थियो ।
महेन्द्र वहुमुखी क्याम्पस धरानका नेपाली विभाग प्रमुख प्रा.डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम महासचिव अवइन्द्र निरौलाले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया