लेखेर राख्नोस्, सैनिक शासन लाग्छ, राजतन्त्र फर्किन्छ’

प्रकाश कोइराला । नेपाली कााग्रेसका संस्थापन नेता बीपी कोइरालाका जेष्ठ सुपुत्र प्रकाश कोइराला एकताका नेपाली राजनीतिमा प्रभावशाली व्यक्तिका रुपमा चिनिन्थे । पिताजी बीपीको संगतले नै उनमा राजनैतिक विश्लेषण गर्ने क्षमता रहेको नेपाली
राजनीतिका सबै खेलाडीले बुझेका छन् । पूर्वमन्त्री समेत रहेका कोइराला शाही कालमा मन्त्री भएपछि नेपाली कााग्रेसको राजनीतिबाट टाढिएका कोइराला भन्नुहुन्छ, हालको अराजक व्यवस्था परिवर्तन हुन्छ । सुशिल कोइरालाले संविधान पनि बनाउन नसकेको र सरकार चलाउन समेत नसकेकोले अब हरेक कुराको फैसला सडकबाटै हुने उहााको विश्लेषण छ । पौष ३० गते अनलाइन खबरसागको वार्तामा उहााले भन्नुभयो, अब मुलुकमा केही समय राष्ट्रपति शासन लागू हुन्छ, त्यसपछि सैनिकले शासन गर्छ र राजतन्त्र फर्कन्छ । उहााले नेपालको वर्तमान अवस्थामा एमलो अध्यक्ष केपी ओलीलाई सरकार चलाउन सक्षम, कुशल भन्दै ओलीको प्रशंसा समेत गरेका छन् । प्रस्तुत छन् कोइरालासाग भएका वार्ताका विस्तृत अंशहरु :

द्दतपाई वीपी कोइरालाका छोरा, अचेल काँग्रेसका नेताहरु सल्लाह माग्न
आउँदैनन् ?
–कहिलेकाहिँ सम्मानीय प्रधानमन्त्री ज्यूकहाँ गइराख्छु । आफूलाई लागेका कुराहरु भन्छु ।
द्दतपाईसँग अहिलेको राजनीतिक समस्याबाट निकास पाउने केही उपायहरु पनि छन् कि ?
–हेर्नोस्, नेपालको अहिलेको जुन किसिमको राजनीतिक स्थिति छ, यो धेरै दिन रहँदैन । अब यो ‘वल्र्ड अर्डर’ मा पर्न गयो । त्यसैले नयाँ परिस्थिति जन्मिइसकेको छ ।
द्दके हो त्यो नयाँ परिस्थति ?
–नयाँ परिस्थित भन्नाको अर्थ यो माघ ८ पछि यहाँ धेरै ठूलो राजनीतिक उथल–पुथल हुन्छ । संविधान जारी भए पनि उथल पुथल हुन्छ, नभए पनि हुन्छ । तर, संविधान जारी नहुने सम्भावना बढी देखिएको छ । काँग्रेस, एमालेका नेतृत्व वर्गका मान्छेले नै भनेका छन् कि संविधान बन्दैन । संविधान बन्छ भनेर उनीहरुले नेपाली जनतालाई जुन भ्रम पारिरहेका छन्, त्यो मलाई विश्वास लाग्दैन । संविधान आउँदैन भन्ने मेरो नतिजाले देखेको छ । किनभने कुनै पनि बुँदामा यिनीहरु मिलेकै छैनन् ।
द्दमाघ ८ मा संविधान आएन भने के हुन्छ ?
–आएन भने यो संविधानसभाको पाँच वर्षको म्यान्डेट छ । बाँकी ४ वर्ष
सरकार चलाउने या सत्तामा बस्ने प्रयास हुन्छ जस्तो लाग्छ ।
द्दमाघ ८ पछि सुशीलको ठाउँमा केपी ओली प्रधानमन्त्री बन्छन् ? एमालेले सुशीललाई ठाउँ छाडिदेऊ भन्छ कि भन्दैन ?
–त्यो त भन्छ भन्छ । सरकार बन्ने बेलामा जेजे सम्झौता भएको छ, त्यो अनुसार त उहाँ (सुशील)ले जानुपर्‍यो ।
द्दसंविधान बनेपछि पो सुशीलले छाड्ने भनेको थियो, नबनी नछाड्ने भन्लान् नि काँग्रेस नेताहरुले ?
–त्यो त हो । तर, त्यहाँ यो पनि भनिएको थियो कि एक वर्षभित्र हामी संविधान बनाउँछौं । एक वर्षमा संविधान नबनाउने उनीहरुले कल्पना पनि गरेका थिएनन् । एक वर्षको म्याद त अब सकिँदैछ त ।
द्दतपाईचाँहि के भन्नुहुन्छ ? संविधान नबने पनि माघ ८ पछि सुशीलले ओलीलाई छाडिदिनुपर्छ ?
–म के भन्छु भने उहाँहरुको जे सम्झौता भएको थियो, त्यही गर्नुपर्छ । हेर्नुहोस्, राजनीतिमा अलिकति पनि नैतिकता भएन भने त्यसको कुनै पनि अर्थ हुँदैन । यदि मैले एक वर्षमा मैले छाडिदिन्छु र खड्ग ओलीजीलाई दिने भन्ने सम्झौता भएको छ भने मलाई लाग्छ उहाँले त्यसमा अडिग हुनुपर्‍यो ।
द्दतपाईसँग भेट हुँदा प्रधानमन्त्रीले के भन्नुहुन्छ ?
–मैले त उहाँसित कुरा गर्दा संविधान आउँदैन भनेर उहाँको मुखैमा भनेको छु मैले । उहाँलाई मैले यहाँसम्म भनेको हुँ कि तपाईको मुखमा संविधानबाहेक अरु केही छैन । तर, के भइरहेको छ भने सरकार चलिरहेको छैन । सरकार पूरै प्यालाइज्ड छ । तपाईले के गर्नुभयो ? संविधान पनि तपाईले बनाउन सक्नुभएन र सरकार पनि दिन सक्नुभएन । भोलि तपाईलाई दुईवटा आक्षेप लाग्छन् । तपाईलाई इतिहासले छाड्दैन । एउटा कमजोर किसिमको प्रधानमन्त्री, जसले राम्ररी शासन गर्न सकेन र अर्को, संविधान पनि दिन सकेन । भन्दाखेरि तपाई टोटल फेलियरको नमूना हुन जानुहुन्छ । वल्की के गर्नोस् भने संविधान ल्याउने प्रयास गर्नोस्, तर त्यतिकै महत्व तपाईले सरकार चलाउनेतिर पनि दिनुपर्‍यो । यहाँ कस्तो परेको छ भने
सरकारै छैन जस्तो अनुभूति मान्छेहरुलाई हुन थालिरहेको छ ।
द्दकेपी ओलीलगायतले संविधानसभा नियमावलीका धारा निलम्बन गरेर भए पनि माघ ८ मै संविधान बनाउन जोड
गरिरहेको सुनिन्छ । तपाईलाई कस्तो लाग्छ, त्यसरी माघ ८ मै संविधान बनाउन ठीक कि एक दुई महिना ढीलो गरेर सहमतिमा बनाउन ठीक ?
–हेर्नोस्, ७ र ८ वर्ष बितिसक्यो । संविधान त बन्दैन । जो आओस् ।
द्दकेपी ओली नै आए पनि संविधान
बन्दैन ?
–सुन्नोस् न, केपी ओली आएको खण्डमा एउटा थोकचाँहि निश्चित छ, सरकार चाँहि उहाँले राम्ररी चलाउनुहुन्छ । संविधान बनाउन सक्नुहुन्छ, सक्नुहुन्न त्योचाँहि म भन्न सक्दिँन । तर, संविधान आउँदैन । केपीले गरेर पनि संविधान आउँदैन ।
तर, मैले केपी ओलीलाई गृहमन्त्री हुँदाखेरि नै देखेको थिएँ, उहाँमा मैले एउटा कुशल प्रशासकको क्षमता पाएँ । उहाँ निर्णय गर्न सक्ने व्यक्ति हो । मुलुक अहिले अनिर्णयमा बसेको छ । डेफिनेट्ली केपी ओली बेटर एड्मिनिस्ट्रेर वा प्रधानमन्त्री भएर जानुहुन्छ । संविधान नभए पनि सरकार चलाउने पक्षमा उहाँ सक्षम देखिनुहुन्छ ।
द्दसभामुखलाई अधिकार दिएर पेलेर भए पनि संविधान जारी गर्दा के हुन्छ ? सत्तापक्षसँग दुई तिहाइ बहुमत पनि त छ नि आखिर ?
–हेर्नोस्, ८ वर्षदेखि सहमतिको राजनीति भयो । तर, मैले त्यति राम्रो स्थिति
देखिराखेको छैन । मलाई कता–कता के लागिरहेको छ भने यो व्यवस्था नै कता–कता पुरानो व्यवस्थामा परिणत हुन थालिरहेको छ । अब यो व्यवस्था नै रहँदैन । अब यसमा आमूल परिवर्तन हुन्छ ।
द्दकस्तो आमूल परिवर्तन ?
–आमूल परिवर्तन भन्नाले एउटा ठूलो ग्रुपले हिन्दु राष्ट्र हुनुपर्छ भनिरहेको छ । अर्को गु्रप छ, जसले ०४७ सालको संविधान फिर्ता लिएर आउनुपर्छ भनिरहेको छ । मैले मोटामोटी ०४७ सालकै संविधान आउने सम्भावना देखिराखेको छु ।
द्दयसको के आधार छ ?
–नेपालमा हेर्नोस् राजनीतिक आधार भनेको विदेशी आधार हो । यहाँ नेपाली जनताले तय गरेको मलाई थाहा छैन ।
द्दतपाईले भन्न खोज्नुभएको के हो ?
केपी ओलीले केही समय सरकार चलाउँछन्, संविधान बन्दैन अनि को आउँछ ? कमल थापा ?
–मैले २५ वर्षदेखि नेपालको राजनीतिमा के देखिरहेको छु भने नेपालमा जुन
परिवर्तन भइरहेको छ, यो सडकबाट
भइरहेको छ । सडक आन्दोलनबाट
परिवर्तन भइरहेको छ । जनमतबाट
भइरहेको छैन । यसलाई म क्रन्ति भन्दिना । यसलाई सडक क्रन्ति भन्नोस् । सडकलाई तताइदिने, अनि त्यसपछि परिवर्तन
गराइदिने । यो हामीले बोकेको राजनीतिक लिगेसी अनुरुप नै म के हेरिरहेको छु भने सडक फेरि तातिँदैछ । त्यसैले यो अहिलेको ढाँचा अवश्य रहँदैन । नयाँ ढाँचा आउने सिलसिलामा छ ।
द्दकसले तताउँछ सडक ? को आउँछ त्यो ‘नयाँ ढाँचा’को नेतृत्वमा ?
–हेर्नोस् यसमा खाली दलहरुमात्रै
छैनन् । बाहिरका तत्वहरु पनि छन् यहाँ । र, यसचोटि पनि सडक तातिन्छ । विदेशी शक्तिहरु त्यसमा होमिन्छन् । यो निश्चित छ ।
द्दतातिएको सडकले के गर्छ ?
–सडकले के गर्छ ? सडककै आन्दोलनले हामीलाई दिल्लीमा पुर्‍याएको होइन ? प्रचण्डजीले १० वर्ष जुन क्रन्तिकारी आन्दोलन गर्नुभयो, आखिर त्यो केमा परिणत भएको छ भन्दा सडक आन्दोलनमा परिणत भएको छ । सडक आन्दोलनले कहाँ पुर्‍यायो भन्दा नयाँ दिल्ली पुर्‍यायो । १२ बुँदे सम्झौता त्यहाँ भयो । हेर्नोस्, कुनै पनि आन्दोलनको स्वरुप के हुन्छ भने जुन मुलुकमा आन्दोलन हुन्छ, त्यही मुलुकमा त्यसको अन्त्य पनि हुन्छ । हामीकहाँ के भयो भने यहाँ सडक तातिन्छ, त्यसको सम्झौताचाँहि नयाँ दिल्लीमा हुन्छ ।
द्दतपाईको भनाइको मतलव सडक तातिएपछि यो केस नरेन्द्र मोदीसम्म
पुग्छ ?
–मोदीको आगमनले दुईतीनवटा कुरा प्रष्ट पारिदिएको छ । मोदीले के भेनेका छन् भने १७ वर्षसम्म भारतको नेपालप्रतिको जुन नीति थियो, त्यसमा म संशोधन गर्छु । योभन्दा पहिले नेपालमा भद्रगोल थियो, भद्रगोलै
गराएको हो । मोदी आएपछि नेपालीहरुलाई धेरै आशा भयो । नयाँ मान्छे आएको छ, नयाँ विचार लिएर आएको छ । मोदीले त म हस्तक्षेप गदिँर्न भनेका छन् । तर, म तपाईलाई के भन्छु भने हस्तक्षेप उतैबाट हुन्छ । किनभने नेपाली नेता र दलहरुलाई त बाहिरको कुरा सुन्ने बानी परिसकेको
छ । विदेशीहरुको कुरा सुन्ने बानी
परिसकेको छ । विदेशी गुहार्ने त यिनीहरुलाई बानी नै लागिसकेको छ । त्यस्तै उनी (विदेशी) हरुलाई पनि बानी लागिसकेको छ । जुन मुलुकले २५ वर्षसम्म यहाँको राजनीतिलाई आÏनो लगाममा राख्यो, त्यो हिन्दुस्तानले सजिलैसँग त्यो लगाम छाड्ला भन्ने मलाई विश्वास छैन । मोदीजीको अत्यन्त राम्रो चाहना भएता पनि उहाँलाई यहाँको जुन भद्रगोल स्थिति छ, त्यसलाई त मिलाउनुपर्‍यो नि त । किनभने यहाँका सबै नेतृत्व वर्गले दक्षिणतिर हेर्छन् । भारततिर हेर्छन् । र, मोदीले स्पष्टसँग के बुझेका छन् भने नेपालमा राजनीतिक स्थायित्व छैन, नेपालमा जवसम्म राजनीतिक स्थायित्व आउँदैन, तबसम्म हिन्दुस्तानको विकास पनि राम्रोसँग गर्न सकिँदैन । त्यसैले उनले हस्तक्षेप नै गर्नै खोज्छन् । हेर्नोस् न पहिले आउँदा मोदीले के संसदमा भनेका थिए, पछि नेपाल आउँदा के भने ?
द्दकेपी ओलीले मधेसी र माओवादीलाई चिढ्याएका छन्, त्यसैले सबैको मन जित्न सक्ने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज पनि सुनिँदैछ, सुशीलपछि देउवा प्रधानमन्त्री बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
–म यो सम्भावना त्यति देख्दिँन । यहाँ चाहे केपी ओलीजी आउनुहोस्, चाहे शेरबहादुरजी आउनुहोस्, जबसम्म बाहिरका तत्वहरु खेल्छन्, त्यतिबेलासम्म केही हुँदैन ।
द्दतपाईले दिल्लीको समर्थन देउवालाई हुँदैन कि भन्न खोज्नुभएको हो ? उहाँले मिलाउँदै हुनुहुन्छ भन्ने सुनिँदैछ….
–उहाँले मिलाएर त भएन नि । इण्डियाको सपोर्टमा प्रधानमन्त्री हुने यो त राम्रो पनि होइन नि । तपाई आÏनो खुट्टामा उभिएर राजनीति गर्नोस् न । आÏनो खुट्टामा उभिएर प्रधानमन्त्री बन्नोस् न । त्यो पो त खुबीको कुरा हो । बाहिरका मान्छेले मलाई प्रधानमन्त्री बनाइदिन्छ कि भन्ने नेपालको राजनीति कुन ठाउँमा पुगेको छ ? किन हामी बाहिर मात्रै हेर्छौं ? यो त अत्यन्त नराम्रो कुरा हो ।
द्ददेउवा प्रधानमन्त्री बन्ने सम्भावना नभए सुशील कोइरालाले नै जेठसम्म चलाउने सम्भावना छ कि छैन ?
–म त तपाईलाई भनिरहेको छु, यहाँ त परिवर्तन हुँदैछ । यो चार वर्ष त कुनै हालतले जाँदैन । मैले माघ ८ पछि नै ठूलो परिवर्तनको संकेत देख्न थालेको छु । यहाँ फेरि सडक आन्दोलन हुन्छ । सडक आन्दोलन भएका बेलामा मलाई कताकता के लागिरहेको छ भने शायद रामवरण यादवजीले ‘प्रसिडेन्सियल रुल’ लगाउँछन् । किनभने सबैथोक भद्रगोल छ । नेपालमा कुनैथोक मिलेको छैन ।
यो स्थितिबाट देशलाई निकाल्नका लागि मैले बुझेअनुसार केही समय राष्ट्रपतीय शासन लाग्छ । त्यसपछि सदन भंग हुन्छ । सदन भंग हुनेवित्तिकै सबै सडकै मा त पुग्छन् । सडक आन्दोलनको नेतृत्व त पहिलेदेखि नै वैद्यजीले गरिरहनुभएको छ । त्यस्तो स्थिति उत्पन्न हुन लाग्यो भने पहिलेकै जस्तो सबै दल मिल्छन् र राष्ट्रपतिको विरोध गर्न थाल्छन् । ठाउँठाउँमा पहिले जसरी चक्काजाम र ढुंगामुढा हुन थाल्छ । अनि त्यसपछि
राष्ट्रपतिले के गर्ने ? राष्ट्रपतिले आर्मीका मान्छेलाई डाक्छन् डाक्छन् । आर्मी रुलको संकेत पनि मैले देख्न थालेको
छु । त्यसपछि सिभिलियन राष्ट्रपति
रहन्छन्, सेनाले ल एण्ड अर्डर गर्न
थाल्छ । र, त्यही स्थितिको पुनरावत्ति हुन्छ, जुन ज्ञानेन्द्र सरकारका पालामा भएको थियो । त्यसपछि मुलुक फेरि नयाँ एग्रिमेन्टतिर जान्छ ।
द्दकस्तो हुन्छ त्यो एग्रिमेन्ट ?
भारतले १२ बुँदे सम्झौता गराउँदा
अमेरिका र अन्य राष्ट्रहरुको पनि समर्थन लिएको थियो । भारतको एजेन्डा गणतन्त्रमात्रै थियो, पश्चिमाहरुले धर्म निरपेक्ष पनि राख्नुपर्छ भने । संघीयता पनि थप्न लगाए । भारतको मूल चाहना के थियो भने राजतन्त्र जाओस्, त्यसपछि देखा जाएगा । तर, यो ८/९ वर्ष अगाडिको कुरा हो, तर अब
अन्तरराष्ट्रिय स्थितिमा धेरै फेरबदल आइसकेको छ, अब भारतले नेपालबारे समर्थन जुटाउनका निम्ति पश्चिमा मुलुकको अनुहार हेर्दैन । उसले चीनलाई हेर्छ । चीन जब ल्याटिन अमेरिका पुग्छ, अफ्रिका पुग्छ भने उसले नेपाललाई छाड्छ ? छाड्दैन ।
द्दतपाईको विश्लेषणले के भन्छ ? सुशील कोइराला यो देशको दोस्रो राष्ट्रपति
बन्दैनन् ?
मैले त सम्मानीय प्रधानमन्त्रीलाई गएर भनें, शासन गर्नोस् तपाई । संविधान आउँछ कि आउँदैन, त्यो आÏनो ठाउँमा छ । तपाईले गरेर मात्रै संविधान आउनेवाला छैन । तर, शासन त गरेर देखाउनोस् । उहाँले भन्नुभएको थियो, त्यो त सही भनिस् । मैले के भन्न खोजेको हो भने कमसेकम शासन त
गरोस् कसैले ।
द्दतर, राष्ट्रपति त सेरेमोनियल भएको हुनाले सुशील त्यहाँ फिट हुनुहोला कि ? नत्र काँग्रेसले शीतलनिवासमा कसलाई पठाउने त ?
–यो कुरा त धेरै पहिले चलेको थियो । यसमा मलाई एकचोटि शेखर कोइरालाले नै राष्ट्रपतिमा सुशील कोइराला गइदिए हुन्थ्यो भनेका थिए । तलाई त्यही प्राक्टिकलजस्तो लागेको थियो, त्यही गर्नुपर्दथ्यो । मैले त्यतैतिर लाग् भनेको पनि थिएँ शेखरलाई । तर, उहाँ प्रधानमन्त्री हुनुभयो । तर, अब यो जोड घटाउ, यो रहनेवाला छैन । मान्छेहरु अघाइसकेका छन् ।
द्दके अब शीतलनिवास नै भत्किनेवाला छ ?
–निश्चित छ । अन्तरराष्ट्रिय स्थिति नै भत्किन थालिसकेको छ । नेपाल एकदम कमजोर छ । फेलियर स्टेट हुन लागिसक्यो । मैले तपाईलाई पहिले पनि भनिसकें, अब चीन पनि Ïयाक्टर रहन्छ नेपालमा । ८ वर्ष अगाडि नेपालको राजनीतिमा चीन काहिँ थिएन ।
द्दयोबेलामा नेताहरुलाई दिने तपाईको सल्लाह के छ त ?
–मैले बुझेअनुसार मुलुकको स्थिति अन्त्यन्तै नाजुक छ हेर्नोस् । मुलुक झन् झन् कमजोर भएको छ । त्यसैले
राष्ट्रपतिले विशेषाधिकार प्रयोग गर्न बाध्य हुन्छन्, त्यसपछि दलहरु विद्रोहमा जान्छन् जान्छन् । त्यसलाई जनपथ र सशस्त्र प्रहरीले सक्दैन, त्यसपछि आर्मीलाई नै डाक्नुपर्छ । आर्मीलाई डाकिसकेपछि के हुन्छ, म भन्न सक्दिँन । यहाँ सैनिक शासनको ठूलो सम्भावना बढ्दै गएको मैले देखिरहेको छु । तपाई थाइल्याण्डमा हेर्नोस् न । भारतभन्दा पहिल्यै प्रजातन्त्र आएको ठाउँ हो त्यो । अहिले आर्मी रुल छ त्यहाँ । इजिप्टमा हेर्नोस् । पाकिस्तानमा पनि अब सायद सैनिक शासन आउँछ कि ? नेपाललाई पनि ठिकठाक पार्ने हो भने दलहरु त टोटल फेलियर भइसके । टोटल फेलियर । यिनीहरुबाट केही हुन्छ भन्ने मलाई लाग्दैन ।
द्दतर, सुशील कोइराला, केपी ओली र सुवास नेम्वाङ मिलेर डाङडुङ गरेर भए पनि संविधान जारी गरिदिए मुलुकले निकास पाउँथ्यो कि भन्ने पनि मत बढ्दै गएको छ नि देशमा ? तपाईलाई कस्तो लाग्छ ?
–त्यो पनि घुमाई फिराई त्यही हो । त्यस्तो भएको खण्डमा सडक आन्दोलन त हुन्छ हुन्छ । मधेस जाला, त्यसपछि माओवादी जान्छन् । यो के दोहोरिइरहेको छ भने राजा ज्ञानेन्द्रले लिएका बेलामा पनि यस्तै थियो । कुनै दलहरु मिलेका थिएनन् । राजाले प्रयास गर्दाखेरि पनि दलहरु नमिल्ने, सबैलाई प्रधानमन्त्री हुनुपर्ने, १०/१२ जना उम्मेदवार थिए । त्यसैले राजासँग कुनै उपाय नभएको हुनाले राजाले त्यो कार्यकारिणी अधिकार लिए । अब त्यही स्थिति रामवरणजीले लिनुपर्छ ।
द्द अहिलेचाँहि ज्ञानेन्द्र शाहको भूमिका केही छैन हैन ? शान्तले बसिरहेको देखिन्छ ?
–त तपाईलाई भनिदिन्छु, यो मुलुकमा
राजतन्त्र आउँछ, लेखेर राख्नोस् तपाई । कसैले रोक्न सक्दैन । हिन्दुस्तानले पनि रोक्न सक्दैन । पाँच वर्ष त म भन्दिँन, ६/७ महिनाभन्दा बढ्ता लाग्दैन । ज्ञानेन्द्र नै आउँछन् भन्ने छैन, त्यहाँ हिमानी पनि हुन सक्छिन्, या नाति पनि हुन सक्छन् । तपाई हेर्नोस् न त्यही पृथ्वीनारायण शाहको शालिक तोड्ने यी नेताहरु पृथ्वी जयन्तीमा प्रधानमन्त्री जानुभएन ? सब नेताहरु पुगेका थिए ।

तपाईको प्रतिक्रिया