बाउले जिउँदै गाडे १० वर्षकी छोरीलाई

छोरीमाथि हुने गरेको लैंगिक विभेदको चरमोत्कर्षका रुपमा एक व्यक्तिले आÏनी १० वर्षकी छोरीलाई जिउँदै गाडेका छन् ।
भारतको त्रिपुरास्थित पुटिया गाउँमा शुक्रवार भएको यो त्रासदीपूर्ण घटनामा अब्दुल हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ र बालिकाको उद्वार गरेको छ ।
छोरी मन नपरेको भन्दै श्रीमती घरबाहिर गएको मौका छोपेर हुसेनले आÏनी छोरीलाई घरपछाडिको बगैँचामा एक खाल्डो खनेर गाडेका हुन् । छोरीको दुबै हात डोरीले बाँधेर मुखमा टेप टाँसिदिएपछि उनले आफुले खनेको खाल्डोमा छोरीलाई हालेका थिए ।
छोरीलाई खाल्डोमा हालिसकेपछि उनले माटोले पुरेका थिए । खाल्डोमा हात बाँधिएको अवस्थामा छातिसम्म पुरिएकी ती बालिकाको तस्वीर निकै दुख:दायी देखिन्छ ।
छोरीलाई खाल्डोमा पुर्दै गरेको अवस्थामा श्रीमती घरमा आइपुगेपछि उनले बाँसको टोकरी बालिकाको टाउकोमा घोप्टाइदिएका थिए । श्रीमतीको आँखा छलेर केही समयपछि टोकरीले छोपेकी छोरीलाई पूर्ण रुपमा पुर्ने उनको योजना रहेछ ।
घरमा आइपुगेकी श्रीमतीले
छोरीलाई घरमा नदेख्दा लोग्नेलाई सोधिन् । तर लोग्ने हुसैनले थाहा नभएको बताएपछि उनले यताउति खोज्न थालिन् । छोरी हराएको भन्दै उनले छिमेकीलाई समेत खबर
गरिन् । सबै मिलेर खोज्दा अन्त्यमा घरपछाडि खाडलमा आधा जिउ
पुरिएको अवस्थामा छोरीलाई फेला
परिन् ।
लोग्नेले छोरी पुरेको पोल खुलेपछि उनले प्रहरीलाई खबर गरिन् । सबै मिलेर हुसैनमाथि रामधुलाई गरे । अब्दुललाई प्रहरीले पक्राउ गरेको छ र उनिमाथि ज्यानमार्ने उद्योगमा मुद्धा चल्ने भएको छ ।
स्मरण रहोस् भारतमा यस्ता क्रुर लैंगिक हिंसाका घटना बेलाबखतमा हुने गरेका छन् । ४ महिनाअघि उत्तर प्रदेशमा एक ७ वर्षकी बालिकालाई समेत जिउँदै गाडिएको थियो । तानु नामकी ती बालिकालाई उनका काका काकीले जिउँदै गाडेपनि ती बालिका खाडलबाट बाहिर निस्किन सफल भएकी थिइन् ।

तपाईको प्रतिक्रिया