धरान÷संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी सौरभ शम्शेर राणामाथि स्त्री वम प्रहार भएको छ ।
झापाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफूमाथि एसएसपी राणाले यौन दुव्र्यवहार गरेको उजुरी दर्ता गराएपछि गृह मन्त्रालयले राणालाई शुक्रबार निलम्बन गरेको थियो । पदमै रहिरहँदा आवश्यक प्रमाण नष्ट हुन सक्ने भन्दै गृहले निलम्बन गरे पश्चात जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरी जिल्ला अदालतबाट प्रक्राउ आदेश माग गरेको थियो ।
जिल्ला अदालत सुनसरीले प्रक्राउ आदेश दिएपछि आइतबार राणा आफैले आत्म समर्पण गरेका थिए । उजुरी दिने लिम्बु थरकी ती महिलाले इटहरीको पाथीभरा होटलमा आफूमाथि यौन दुव्र्यवहार गरेको बताएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिनु भएको छ । प्र्रहरीले हाल आवश्यक अनुसन्धान शुरु गरेको पनि डिएसपी शर्माले बताउनुभयो ।
