भारतीय राजदूतमा विनय मोहन क्वात्रा

धरान÷नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्राले पदभार सम्हाल्नु हुने भएको छ । उमेर हदका कारणले भारतीय राजदूत मञ्जिवसिंह पुरीले समय अगावै डिसेम्बरमा अनिवार्य अवकाश पाउनु भएपछि क्वात्रा नेपालका लागि भारतीय राजदूतको रुपमा आउन लाग्नु भएको हो ।
क्वात्रा कहिले नेपाल आउने भन्ने सम्बन्धमा जिज्ञासा राख्दा भारतीय दुतावास स्रोतका अनुसार केही समय लाग्न सक्छ । सम्भवत ः यही महिनामा पनि आउन सक्नुहुन्छ । नेपालका लागि नव नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रा नेपाल विज्ञ समेत मानिनुहुन्छ । उहाँ सन २०१७ अगस्त देखि फ्रान्सको राजदूत हुनुहुन्थ्यो । सन १९८८ देखि भारतीय विदेश मन्त्रालयबाट सेवा शुरु गर्नु भएका क्वात्रा पहिला थर्ड सेक्रेटरी हुनु हुन्थ्यो । सेकेन्ड सेक्रेटरी भएपछि उहाँ १९९३ मा जेनेभा मिसनमा काम गर्न पुग्नुभयो । त्यसभन्दा अगाडि उहाँले भारतीय विदेश मन्त्रालय, मन्त्री कार्यालयको ज्वाइन्ट सेक्रेटरी, अमेरिकाका लागि वासिंगटनडिसी स्थित भारतीय राजदुतावासमा मे २०१० देखि २०१३ सम्म उच्च तहको अधिकारीका रुपमा काम गर्नुभएको थियो ।
फ्रेन्च, अँग्रेजी, हिन्दी, चाइनिज भाषामा विशेष दख्खल राख्नुहुने क्वात्राको वैदेशिक मामलामा ३० बर्षको अनुभव रहेको छ । सन् १९९३ देखि २००३ मा उहाँले अफ्रिका र उजवेकिस्तानमा राजनीति मिशनमा संयुक्त राष्ट्रमा रहेर काम गर्नुभयो । त्यसबेला उहाँले राष्ट्र संघको मुख्यालयमा डेक्स अफिसरको रुपमा रहेर काम गर्नुभएको थियो । सन २००३ र २००६ का बीचमा चीनको बेइजिङ्ग स्थित भारतीय राजदूतावासमा काउन्सलरका रुपमा काम गर्नुभएको थियो । यतिमात्र हैन उहाँले नेपालको काठमाण्डौस्थित सार्क सचिवालयमा सन २००६ देखि २०१० सम्म व्यापार अर्थ व्यवस्था र वित्त व्यूरो प्रमुखका रुपमा भारतको प्रतिनिधित्व गर्नुभएको थियो । जुलाई २०१३ देखि अक्टुबर २०१५ को बीचमा क्वात्राले भारतीय विदेश मन्त्रालयमा नीति योजना एवम् अनुसन्धान विभागको अध्यक्ष भएर काम गर्नुभन्दा अगाडि मई २०१० सम्म अमेरिका स्थित भारतीय राजदुतावासमा वाणिज्यमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया