बसाई उपन्यासलाई नाटकमा उतार्दै रंगभूमिले ग¥यो नाटक प्रदर्शन

धरान÷ साहित्यकार लिलाबहादुर क्षेत्रीद्वारा लिखित बसाई उपन्यासलाई धरानको रंगभूमि एकाडेमीले धरानमा प्रस्तुत गरेको छ ।
रंगभूमिका युवा रंगकर्मीहरुले बसाइँ उपन्यासलाई नाटकमा उतारेर माघ ९ गतेदेखि १३ गतेसम्म धरान १५ स्थित सदन सभाहलमा मञ्चन गरेका थिए ।
कलाकारहरु विकास पराजुली, तुलसा थापा, शंकर थापा, मिलन चाम्लिङ, गोमा पौडेल, एन्नुमा चाम्लिङ, बलबहादुर राई, मिलन भुजेल र सन्देश दाहाल जीवन्तता प्रस्तुतिले दर्शकको मन छुएको मात्र थिएन नाटक हेरिसकेपछि उनीहरुको मन प्रफुल्ल भएको थियो । संगीत विनायक राईको संयोजन रहेको सो नाटकमा प्रकाशन संयोजन हरि इवाहाङ लिम्बु , पोशाक तुलसा थापा र मञ्च परिकल्पना विकास
पराजुलीले गर्नुभएको थियो । नाटकका परिकल्पनाकार तथा निर्देशक मिलन चाम्लिङ राईले दर्शकले अत्यन्तै रुचाइएको बताउदै अर्काे पटक पनि प्रदर्शन गर्न दर्शकबाट माग आएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया