धन्न भन्देनन्
नेपालीले चान्स पायो कि गर्छन् भनेर भाषन ठोक्ने पर्धानमन्तरीको यसपटक धन्न जिबं्रो चिप्लिएन छ । पर्धानमन्तरीको जिब्रो चिप्लिदा जग हँसाइ त भइहाल्छ । एकातिर पर्धानमन्तरी प्याक्क प्याक्क बोल्दिन्छन् अर्कातिर सञ्चारमन्तरी त्यसैलाई कानुन बनाउँछन । फेसबुकेहरुले जथाभावि लेखेर सरकारको हुर्मत लिएपछि अब फेस बुकेहरुले पनि दर्ता गर्नुपर्न भा’छ । सरकारका विरुद्धमा पत्रकारले लेखे रे भनेर पत्रकारका कलमै दोब्रिने गरी सञ्चारमन्तरीले कानुन बनाए । सञ्चार मन्तरीले कानुन बनाएसी’ बनाए बनाए । एमसीसीपारित गर्नु हन्न भनेर अवाज उठाउनेहरुलाई तिन्ले पास भैसक्यो स्याल जस्तै चिच्चाएर केही फाइदा हुने वाला छैन भनेर थुतुने जवाफ लगाए । आखिरी पर्धानमन्तरीका विश्वास पात्र न परे । जैसा गुरु वैसा चेला भन्ने त उखानै छ । धन्न यस पटक हाम्रा पर्धानमन्तरी वा’ले सरस्वती पूजाका दिन कसैले सरस्वतीसँग विद्या मागे पाँच बर्ष जेल हालिन्छ भनेनन् । भन्या भए सञ्चार मन्तरीले कानुन बनाइ हाल्थे ।
राणा स्त्री वमको शिकार
नेपालमा स्त्री बम कोरोना भाइरस भन्दा पनि डेन्जर भएर देखा परेको छ । चीनको बुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस यसो अस्पतालमा बस्दा, औषधी खाँदा जाति हुन्छ । तर यो स्त्री बम भन्ने कुरा कोरोना भाइरसको बाबु नै रै’छ । एकपटक गाँजेपछि गाँज्यो
गाँज्यो । कस्तो अलच्छिनी रोग रै’छ यो । यसले मान सम्मान, इज्जत, प्रतिष्ठान, पद सबै सनित्तै बनाइदिन्छ । यो भाइरस लाग्यो कि चैट † अब हेरम न संघीय प्रहरी कार्यालय धरानका एसएसपीमाथि पनि स्त्री वम प्रहार भएछ । विचरालाई घरेलु मन्तरायलयले अस्तिका दिन निलम्बन नै गरेछ । यस भन्दा अगाडि सभामुख कृष्णबहादुर महरा, शिद्धबाबा कृष्णदाश महाराजलाई पनि स्त्री बमले गर्नुसम्म ग¥यो । महरा विचरा डिल्लीबजार खोरतिर खादिएका छन् भने कृष्ण दाशजी झोली तुम्बा बोकेर कुले ठोक्या छन् । हैट स्त्री बम †
पर्जातन्त्र संकटमा प¥यो रे
लाँग्रेसका सभापति छेरबहादुर देउवा हिजोआज बडो चिन्तित भा’का छन् । उन्लाई सत्ता नपाएर चिन्ता भा’हैन । घरमा बुढियाले कचकच गरेर नि चिन्ता थपिएको होइन । चौथो महाधिवेशनबाट सभापति नभइएला की भन्ने कुराले पनि चिन्तित बनाएको होइन । आफ्नै नेता कार्जेकर्ताले टुइँके हल्लिउन्ज्याल गाली गरेर पनि उनी चिन्तित भा’हैनन् । उन्को चिन्ताको मुख्ये कारण त कम्निष्टले पर्जातन्त्र नै सकटमा पारे भनेर रे । अस्तिका दिन पश्चिमचिर गएर उन्ले फाकी छन् कम्निष्ट सरकारले पर्जातन्त्र नै संकटमा पारे भनेर । स्यालबहादुर गफ सुन्दा घण्टाघरलाई एकपटक खित्का छाडेर हाँस्न मन लाग्यो । आफ्नै सासूलाई राजदूत बनाउँदा पर्जातन्त्र संकटमा परेन, वाल्वाटारको जग्गा प्लटिङ्ग गरेर बेच्दा संकमा परेन, वाइडवडीमा साहोर्नुसम्म सोहोर्दा संकटमा परेन । अहिले त्यसैलाई कम्निष्ट सरकराले
निरन्तरता दिँदाचाहिँ संकमा प¥यो रे कुरा सुन्दा पनि कुरीकुरी लागेर आउँछ ।
छानविन हु“दैन रे
हाम्रो देशका नारद मन्तरीलाई मान्नैपर्छ । नारद मन्तरी गोकुलम बास्कोटा सप्पैले गाली गर्थै अब भने तिन्का गुनमात्र गाउने पक्का छ । पार्टीका नेता, कार्जेकर्ताको सम्पत्ति छानविन गरेर जफत गर्नुपर्छ भनेर अरुले कमाएको डाहा गर्नेहरुलाई अस्तिका दिन नारद मन्तरी बास्कोटाले दह«ै दनक दिएका छन् । मन्तरी, नेता, कार्जेकर्ताको सम्पत्तित्त छानविन हुँदैन रे । भ्रष्टचार गरेर लुटेर, ठगेर, किर्ते
गरेर, कमिशन हसुे्ुरेर दुःखले आर्जन गरेर, सम्पत्ति छानविन होला र जफत होला भनेर मन्तरी, नेता, कार्जेकर्तालाई कम्ता त्रास थिएन । अब भने उनीहरुले ढुक्कले सास फेर्न पाउने भएका छन् । नारद मन्तरीले नै बोलेसी’ कस्को बाबुको दाल गल्छ सम्पत्ति छानविन गर्न । अब नेता, मन्तरी, कार्जेकर्ताले ढुक्क भएर सम्पत्ति आर्जन गरे हुन्छ । दायाँ बायाँ कसैले केही नाप्दैन । गनतन्त्रको सुन्दर पक्षे भन्या यही त हो नि ।
किन उफ्रिएको होला ?
नेकपाका पुतलीजुँगे नेता माधवकुमार नेपाल आच्या माकुन्याउ हिजोआज एक्कासी उफ्रन थाल्या छन् । भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्नेहरुको सात पुस्तकाको सम्पत्ति कब्जा गर्नुपर्छ भनेर । हैन हौ माकुन्याउको खोपडी त ठेगान छ ? अहिलेको पुस्तालाई मात्र पनि कारबाही गर्न नसक्नेले सात पुस्ताको लगत कसरी तयार पार्लान ? कसैको सम्पत्ति जफत हुँदैन, झन भ्रष्टचार गरेर कमाएकाहरुको त छुन पनि मिल्दैन भनेर गोकुलम वाकोटाले फलाकेको माकुन्याउले सुनेकै रै’नछन् कि क्या हो ? नचाहिँदा नाहिँदा कुराहरु कोट्याएर वित्थामा किन ठूलो पल्टन खोज्या होलान् ? हुन त माकुन्याउका हरेक कुरा अन्तेमा गएर लेनदेनमै टुंगिन्छ । यस पटक पनि पर्धानमन्तरीसँग कुनै ठूलै लेनदेन होला जस्तो छ । लौ घण्टाघरको अग्रिम बधाई छ ।
आम्दानी बढ्ने भयो
नोवोल कोरोना भाइरसले नेपालको आम्दानी बढाउला जस्तो छ । निर्यात घटेर घाटै घाटा व्यहोरेको बेला नोवोल कोरोना भाइरसले आम्दानी बढाउने निश्चित भएको छ । अब हेरम न कोरोना भाइरस लागेसी’ माक्र्स लगाउनै प¥यो । एकैपटक चाइनाले माक्र्स बनाउन सक्ने कुरा पनि भएन । अहिले नेपालतिरैबाट माक्र्स चाइनतिर निर्यात हुन थाल्या छ । दनादन चाइनातिर माक्स निर्यात भएपछि नेपालका व्यापारीहरुले डलर भिœयाउने भए । व्यापारीले डलर भिœयाउने भएसी’ सरकारको आम्दानी पनि बढ्ने भयो । जे होस् नोवोल कोरोना भाइरसले कसैलाई आपत्ति पारेको छ भने नेपाललाईचाहिँ फाइदै फाइदा भा’छ । अब पर्धानमन्तरी खप्रओले नाक फुुलाउने निशिचत छ । सधै व्यापार घाटा भयो भेनर बुक बुरुक उफ्रने अर्थविदहरुलाई पर्धानमन्तरीले दह«ै जवाफ दिने भा’छ । सधै व्यापार घाटा हुँदैन नि गाँठे । बाह्र बर्षमा खोलो फर्कन्छ भन्या यही हो ।
ऋण तिर्दै पद दिने
नेकपाभित्रका एकजना पूर्व माउवादीले कसैको चुनाउमा लागेको ऋण तिरिदिए आफनो सांसद पद नै दिने घोषणा ग¥या छन् । झापाबाट माने कुनै थर साइनो नएको ठामबाट ंसघीय संसदमा चुनाउ जित्या राम कार्कीले त्यस्तो घोषणा ग¥या हुने । क्या गज्ज्ब छ हिजो दश बर्ष सम्म तिन्ले कति नेपाली जनता लुटे, कति बैैक फोडे, कति चन्दा उठाए त्यो आजसम्म ति¥या छैनन् । जाबो चुनाउमा लागेको ऋणको वात गर्छन् । फेरि तिन्को ऋण तिरिदिँदैमा सांसद पद अरुलाई दिन मिल्ने हो र ? दुनियाँ भरको चना उठाएर चुनाव लडेको झापालीहरुले अहिलेपनि झल्झल्ती सम्झिराँ छन् । त्यत्रो भत्तो खान्छन्, करोडौ रुपैया सांसदकोषको हालीमुहाली गर्छन् । तै पनि ऋण छ भनेर चिच्याउँछन् । पक्कै तिन्ले अब मन्तरी पदका लागि बार्गेनिङ्ग ग¥या होलान् । मन्तरी पड्काउन सके यसो गोडा दुईतीनेक पुस्तालाई जोरजाम गर्दिन्थे । ऋण तिर्नु त परै जाओस् । कुत्तीलाई दिएको हड्डी पैचो फिर्ता आउँछ र ?
अन्तेमा
नेपाल विद्यार्थी संघका विद्यार्थीहरु यतिबेला महाभारतको रिहर्सलमा लाग्या छन् । ५२ बर्षका व्यक्तिलाई नेविसंको सभापति बनायो भनेर उनीहरु केन्द्रीय कार्यायमै रिहर्सल गरे । किन नहुने ? आफैभित्र महाभारको रिहर्सल गर्नु भन्दा अरु सँग ग¥या भए नि हुन्थे । रिहर्सलमा कार्यालयका गमला उत्तानो बनाइदिएछन् यसो गोडा दशेक झ्यालका सीसा फोडेछन् । सभापति स्यालबहादुराई भक्कुमार गाली गरेछन् । जे होस् महाभारत पनि आफ्नैका वीचमा भएको थियो अहिलेके नेविसंघको महाभारत पनि आफै बीचमा भएको हो । कि कसो हौ ?
