मोफसलमा हुने गरेका प्रतियोगिताले खेल विकासमा महत्वपूर्ण भूमिका खेल्ने

धरान÷मोफसलमा हुने फुटबल प्रइतियोगितालाई स्थानीय, प्रदेश र संघले प्रवद्र्धन गर्न सके खेलकुदको विकासमा नेपालले ठूलो फडको मार्नेमा दुई मत छैन ।
त्यसमा पनि धरान खेलकुद त्यसमा पनि फुटबलको उर्वरभूमिको रुपमा लिने गरिन्छ । यहा असंख्यौ फुटबल प्रतियोगिताहरु हुने गर्छन् । फुटबलको इतिहासमा गोधुली फुटबल प्रतियोगिता र बुढासुब्बा फुटबल प्रतियोगिताको चर्चा नेपालमै हुने गरेका छन् । यस प्रतियोगितामा खेलेका खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा प्रदर्शन गरेका इतिहास धेरै छन ।
यी बाहेक धेरै टोल स्तरीय, कलेज स्तरीय, विद्यालय स्तरीय, क्लब स्तरीय प्रतियोगिता हुने गर्छन् । यसैको निरन्तता होला पछिल्लो पटक
धरानमा धरानको महेन्द्र बहुमुखी क्यापसमा नेपाली कांग्रेस निकट भातृ संस्था नेविसंघले तिनदिने टाईगर फाईभ फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
माघ १९ गतेदेखि शुरुभएको खेलमा महिला र पुरुष गरि ३१ टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन संघीय संसद प्रदेश एकका सदस्य प्रताप प्रकाश हाङपाङले गर्नुभएको थियो । सो अवसरमा बोल्दै संघीय सांसद हाङपाङले मोफसलमा भएका खेलहरुलाई राज्यले प्रमोसन गर्न सके नेपालको खेल भविष्य उज्वल भएको बताउनुभयो ।
कार्यक्रममा धरानका मेयर तिलक राई, एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष तथा प्रदेश एकका अध्यक्ष किशोर राईले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको विजेताले नगद ४ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद २ हजार ५ सय रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
नेविसंघ महेन्द्र क्याम्पसका कार्यबाहक अध्यक्ष दोर्चि शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रमुख दामोदर
भण्डारी, नेपाली कांग्रेस नगरका उपसभापति राजेन्द्र राई, सचिव श्याम पोखरेल, युवराज शंकर लगायतको उपस्थिति रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया