इनरुवा÷नेपाल–भारत सीमावर्ती देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा निर्माण सम्पन्न भएको सशस्त्र प्रहरीको भवनको सशस्त्र प्रहरी बल बराह वाहिनीका नायव महानिरीक्षक नरेन्द्रबहादुर थापाले आइतबार एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नायव महानिरीक्षक थापाले मातहतका प्रहरीलाई जनताको सुरक्षामा निःस्वार्थ भावनाले जुट्न निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो सुनसरी जिल्लामा नेपालकै सबैभन्दा बढी सुरक्षा पोष्ट र वीओपी पोष्ट रहेको बताउदै सीमा नाकाबाट मभेषी लगायत अन्य चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय कमी आएको समेत बताउनुभयो ।
उद्घाटनका अवसरमा भवन निर्माणमा योगदान पु¥याउने व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो । देवानगञ्ज गाउँ पालिकाले उपलब्ध गराएको ६ कट्टा जग्गामा कार्यालय भवन, अधिकृत निवास, मेस सहितको स्टोर, क्वार्टर गाड, सौचालय, दुई वटा जवानहरुको व्यारेक रहेको छ । १ करोड ४३ लाख ३१ हजार ६ सय ६५ रुपैयाँमा निर्मित भवनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट ७७ लाख ५१ हजारको बजेटमा दुई वटा जवान क्वार्टर, एक स्टोर रुम,एक मेश रुम र प्रदेश सरकारको ६५ लाख ८० हजार ६ सय ६५ मा अधिकृत निवास लगायतका भवन निर्माण भएको हो ।
