बाह« कर्मचारी एक साथ चैट्ट

इटहरी÷इटहरी उपमहानगरपालिकाका १२ कर्मचारी सोमबार एकसाथ निस्कासनमा परेका छन ।
राजनैतिक आडमा विगतमा नियुक्ति पाएका त्यस्ता कर्मचारीहरु लामो समयदेखि काम गर्दै आएका थिए ।
त्यसरी एकै साथ निस्कासनमा पर्ने १२ जना कर्मचारीहरुमा सहायक स्तर अमिन चौथो तहका करारमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काम गर्ने करारका चौथो तहका लबप्रसाद दाहाल, सहायक स्तर तेस्रो तहका कम्युटर प्राविधिक ज्यालादारीमा कार्यरत मनिषा श्रेष्ठ, सातौ तहका करारमा कार्यरत जन स्वास्थ्य अधिकृत पुरुषोत्तम निरौला, सहायक स्तर चौथो तहमा करार सेवामा कार्यरत अनमी सविना लुइँटेल, सहायक स्तर पाँचौ तहमा करार सेवामा कार्यरत नवराज पराजुली, सहायक स्तर चौथो तह करारमा कार्यरत अनमी रेणुका चौधरी, जुनु पौड्याल, माया सम्हाम्फे, सहायक स्तर चौथो तहमा करारमा कार्यरत अहेव डोली साह, ल्याप असिटेन्ट निर्मलकुमार चौधरी र अनमी गोमादेवी लुइँटेल रहेका छन् ।
यसभन्दा अगाडि इटहरी उपमहानगरपालिकामा कार्यरत दुई जना इन्जिनियरहरुले पदीय आचारण विपरीत काम गरेपछि उनीहरुलाई राजीनामा गर्न लगाइएको थियो । यति धेरै संख्यामा एकसाथ कर्मचारीहरुलाई अवकाश दिनुको कारण के होला भन्ने जिज्ञासामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले भन्नुभयो नगरपालिका डम्पिङ्ग साइड होइन । जनताले तिरेको करबाट नगरको विकास गर्ने हो कर्मचारी पाल्ने होइन । अनावश्यक कर्मचारी हटाइएको हो अरु पनि हँटाइन्छ ।

तपाईको प्रतिक्रिया