भगवती निमाविको ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धरान÷वि.सं. २०१० साल माघ १० गते स्थापना भएको भगवती आधारभूत विद्यालय धरान १६ को ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
धरानका महान शिक्षासेवी स्व. चन्द्रप्रसाद आचार्यले दिनुभएको दुई विघा साढे दुई कट्ठा जग्गामा धरानमा अन्य १० जना समाजसेवीहरु अनरेरी हवल्दार कुलबहादुर पुलामी लगायतले भवन निर्माण गरी पठन पाठन आरम्भ गरिएको थियो । बाल कक्षादखि ८ कक्षासम्म अध्यापन हुने विद्यालयमा धरान नगरपालिकाले उपलब्ध गराएको चार लाख रकमबाट हाल उत्तरतर्फको कम्पाउन्ड निर्माण गरिएको छ भने विद्यालयकी सस्थापक सदस्य तथा अभिभावक शिक्षक संघकी अध्यक्ष मीना पुलामीले उपलब्ध गराउनु भएको दुई लाख अक्षय कोषको व्याजबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, जुत्ता, मोजा वितरण गर्ने गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १६ का वडाअध्यक्ष दिलकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिकोत्सव एवम् अभिभावक दिवसमा समाजसेवी मीना पुलामी, पब्लिक माविका प्राचार्य इन्द्रमोहन झा, मेजर झप्तमान लिम्बुले पनि बोल्नु भएको थियो भने विद्यालयमा अक्षय कोष स्थापना गरिदिने स्वेता अग्रवाल, विश्वनासथ वास्तोला, जितमायाँ लिम्बु, मायाँ रम्तेल, सुशिला श्रेष्ठलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राद्यानाध्यापक गुणनीधि तिम्सिनाले बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन अच्युत पराजुलीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया