राष्ट्रिय खेल भलिवललाइ राज्यले उपेक्षा गरेको गुनासो

धरान÷ नेपालको भौगालिक विविधता भएको नेपालमा जस्तो सुकै स्थानमा खेल्न सकिने भलिवल खेलकोे लोकप्रियता बढे पनि सरकारले यस खेलको विकासमा ध्यान दिन नसकेको यस खेलसंग आवद्ध खेलाडी तथा प्रशिक्षणहरु बताउछन् ।
भर्खरै सम्पन्न सार्क गेममा समेत भलिवललले नेपालको खेल विकासलाई महत्वपूर्ण योगदान दिए पनि सरकार्ले अन्य खेललाई जति प्राथमिकतामा राखेको छ त्यति यस खेलको विकासमा चासो दिन नसकेको उनीहरुको गुनासो छ ।
२०७४ जेष्ठ ८ गते नेपाल  सरकारको मन्त्रिपरिषद्ले भलिवल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको छ । मुलुकमा संघीयता आएपछि तीनतहले यस्ता खेलको प्रवद्र्धनमा जोड दिनुपर्ने हो तर पनि राष्ट्रिय खेल घोषणा गरिसकको भलिवल खेलको विकासमा सरकारले खासै चासो नदिएको उनीहरुको गुनासो छ । उनीहरुले राष्ट्रिय खेल नेपालको पहिचान भएकोले यसको विकासमा सरकारले बढी जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय भलिवल रेफ्री, १ नंं. प्रदेश भलिवल संघका सचिव उमेश ताम्राकारले हाल नेपालमाा भलिवलको क्रेज ह्वात्तै बढेको बताउदै भर्खरै सम्पन्न दक्षिण एसियाली सार्क गेममा नेपालले विगतको भन्दा धेरै विकास गरेका बताउनुभयो । उहाले राज्यले खासै ध्यान दिन नसकेको अवस्थामा प्रदेश नं. १ मा हालसम्म १४ देखि १५ टुर्नामेन्ट भएको बताउनुभयो ।
यति हुदाहुदै पनि राज्यले यसमा ध्यान दिन नसकेको उहाको गुनासो  छ । उहाले एक नं. प्रदेश भलिवल संघले भलिवलको विकासलागि एउटा भिजन तयार गर्दै प्रशिक्षणलाई निरन्तता दिन लागेको बताउुभयो ।
विगत १४ बर्षदेखि भलिवल खेलमा निरन्तर लागि पर्नुभएका र हाल सुनसरी भलिवल टिमको क्याप्टेन सुरज चौधरीले थोरै ठाउमा खेलिने भलिवल खेलको क्रेज बढ्दै जाने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने क्रम जारी रहेकोेले अब सरकारले यस खेललाई प्राथमितामा राखेर जानुपर्नेमा जोड दिनुभयो ।
यति क्रेज हुदाहुदै पनि राज्यबाट यसका मुल्यांकन हुन नसकेको प्रति केही खेलाडीहरु निराशा समेत प्रकट गर्छन् । खेलाडी अमृत केसीले नेपालमा राम्रा राम्रा खेलाडी भए पनि अवसरको खोजीमा विदेशिन बाध्य हुनुपरेको बताउनुभयो ।
जे होस राज्यले भलिवललाई राष्ट्रिय खेलको रुपमा लिए पनि यसको विकासमा सोचेजस्तो विकास नभएको खेलाडी तथा खेलसंग सम्बद्धहरुले बताएका छन् । यसतर्फ राज्य गम्भीर हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया