बीपीमा इआरसिपी मेसिन भित्रियो

प्रविधिको विकाससंगै अहिले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नया नया प्रविधि भित्रने त्रम जारी छ । जसले गर्दा प्रतिष्ठानमा उपचारमा आउनेहरुलाइ र्सवसुर्लभ, कम खर्चिलो र कम समयमा उपचार गर्न सहजता भएको छ ।
काठमाण्डो पछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इआरसिपी प्रविधि भित्रिएसंगै चिकित्सकले जोखिम विरामीको उपचार गर्न सहज भएको छ भने प्रतिष्ठानमा आएका विरामीहरुलाई कम खर्च, छोटो समयमा उपचार हुने भएपछि विरामी तथा विरामीका आफन्तले राहत महसुस गरेका छन् ।्
पित्तनलीमा रहेको ढुंगा विना अप्रेशन निकाल्ने प्रविधि मानिएका इआरसिपी मेसिनले पाइपमार्फत विना शल्यक्रिया निकाल्न सफल भएपछि उपचारमा संलंग्न चिकित्सक तथा विरामीलाई राहात मिलेको हो ।
६ महिना अगाडिबाट शुरु भएपनि पित्तनलीमा स्टोन भएका विरामीहरु शल्यक्रियाका कारण उपचारमा जान नै डराउथे । यो अवधिमा विरामी कमै भएका कारण प्रविधि हुदा हुदै पनि ७० जना भन्दा बढीले यो प्रविधिमार्फत उपचार गराइसकेको प्रतिष्ठानका ग्यास्ट्रोलोजी एण्ड हेपाटोलोजी विभागका प्रमुख डा. विक्रम प्रधानले जानकारी दिनुभयो । यो प्रविधिबाट पित्त नलीमा रहेको ढुंगा निकाल्ने मात्र हैन पित्त नलीको जाच गर्ने, पत्थरीको ट्युमर परजीवि हेर्ने, नली साँघुरो भएको भए जाँच गरी स्टाण्ड राख्ने काम गर्न सकिने उहाँले बताउनुभयो ।
यो सेवा नेपालको वरी अस्पताल, टिचिङ अस्पताल र धुलिखेल अस्पतालमा मात्रै रहेको यो सेवा पूर्वमा धरानमा सुरु गरिएको डा. प्रधानले बताउनुभयो् । अस्पतालका ग्याष्ट्रोेलोजि एण्ड हेपाटोलोजी विभागका डा. डेनिस पियुसले पित्त नलीको क्यान्सर भएर साँघुरो भएको, अप्रेशन गर्न नमिल्ने, पत्थरी र जण्डिस भएका बिरामीहरूमा स्टाण्ड राख्नका लागि यो उपचार सेवा निकै प्रभावकारी हुने बताउनुभयो ।
उहाले उपचार पद्दती निकै भरपर्दो र प्रभावकारी बताउदै शल्यक्रिया गर्दा घाउ पाक्ने, ढिलो निको हुने, रकम र समय दुबै खर्च हुने अवस्थाको अन्त्य इआरसिपी उपचार पद्धतीबाट हुने बताउनुभयो । महंगो प्रविधि भएपनि प्रतिष्ठानले यो प्रविधिबाट ४ हजार रुपैयाँमा उपचार गराइरहेको छ । । यही उपकरणबाट अन्य स्थानमा उपचार गराउदा ५० हजार लाग्ने डा. प्रधानको भनाई छ । उहाले चार हजारमा सेवा दिन नमिल्न भएपनि तत्काल सेवा उपलब्ध गराए पनि केही समय पछि १० देखि १२ हजारसम्म कायम हुने बताउनुभयो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इआरसिपी उपचार प्रविधिबारे तालिमका लागि धुलिखेल अस्पताल पठाएर एकजना प्राविधिक समेत तयार गरिसकेको छ । विपि प्रतिष्ठानमा इआरसिपी सेवा सुरु भएसँगै एक नं. प्रदेश र २ नं. प्रदेशका विरामीले काठमाडौ जानुपर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया