धरान÷धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ ।
मन्त्रालयले माघ ६ गते सूचना प्रकाशित गरी आन्तरिक सूचि तयार गर्न भन्दै उपकुलपतिका लागि इच्छुकहरुसँग व्यक्तिगत विवरण र बायोडाटा माग गरेको हो । इच्छुकहरुले उपलब्ध गराएको विवरण र वायोडाटाका आधारमा उपकुलपति छनौटको तयारी गरेको छ ।
प्रतिष्ठान विगत ६ महिनादेखि कावा उपकुलपति प्रा.डा. गुरु खनालको नेतृत्वमा सञ्चालन हुँदै आएको छ । सूचना प्रकाशित भएको ५ दिनभित्रमा उपकुलपति बन्न इच्छुकले आफ्नो विवरण पठाउन समय सीमा नै तोकेको छ । पौष २५ गते सम्पन्न ४३ औं सिनेटको बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति सर्च कमिटी गठन गरेको थियो । जसको सदस्यमा अर्थसचिव राजन खनाल र राष्ट्रिय योजना आयेगकी सदस्य डा. उषा झा रहेका छन् ।
