राईको अन्त्येष्टी लामिडाडा चिउरी बासमा

धरान÷वि.सं. २०४६ सालमो जन आन्दोलन पश्चात धरान नगरपालिकाको प्रमुखमा निर्वाधित ध्यानबहादुर राईको ६९ बर्षका उमेरमा सोमबार निधन भएको छ ।
तत्कालीन एमालेका तर्फबाट धरान उपमहानरपालिकाको प्रमुखमा आफना निकटतम प्रतिद्वन्द्वी प्रा.डा. गोविन्द सुब्बालाइ १ सय २० मत अन्तरले पराजित गरी प्रमुख बन्नु भएका राई केही समय यता फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । विगत १० महिनादेखि उहाँ भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारत हुनुहन्थ्यो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि उहाँलाई एम्बुलेन्स मार्फत काठमाण्डौ ल्याइएको थियो । पाटन क्यान्सर अस्पतालमा राखिएका राईको सोमबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
धरान नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभन्दा अगाडि उहाँ पूर्वाञ्चल अध्ययन सस्थान (इन्जिनियरिङ्ग कलेज) मा अध्यापन गराउँदै आउनु भएको थियो । वि.सं. २०१७ सालमा खोटाङ्ग जिल्लाको लामिडाडा ३ चिउरीबासमा जन्मनु भएका राई एमाले विभाजित हुँदा बामदेव गौतमले नेतृत्व गरेको मालेमा सहभागी हुनुभएको थियो । पछि उहाँ अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीमा आवद्ध हुनुभएको थियो । अशोक राई र उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी एकीकरण भएपछि उहाँ संघीय समाजवादी पार्टीको केन्द्रीय सदस्य हुनुभएको थियो । अत्यन्तै सरल, इमान्दार राईको अन्येष्टी खोटाङ्ग जिल्लाकै चिउरीबासमा गरिने भएको छ । स्वर्गीय राईको निधनमा धरान उपमहानगर पालिकाले हिजो एक दिन धरानमा सार्वजनिक विदा समेत दिएको छ । धरान उपमहानगर पालिकाका बरिष्ठ प्रशाकीय अधिकृत गणेश खतिवडाले धरान उपमहानगर पालिकाका पूर्व प्रमुख राईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली स्वरुप एक दिन विदा दिने निर्णय भएको जनाउनु भएको थियो । स्वर्गीय राईको एक श्रीमति, एक छोरा र एक छोरी रहनु भएको छ ।

तपाईको प्रतिक्रिया