कहिलेसम्म लगाउने खोक्रो राष्ट्रवादको नारा ?

यतिबेला नेपालमा राष्ट्रवादी र अराष्ट्रवादीको कित्ता छुट्याउने धन्दा चलेको छ । न यथेष्ट जानकारी छ, न विषय वस्तुमाथि अध्ययन छ फगत विरोध ग¥या छ । खोक्रो राष्ट्रवादको नारा लगाएको छ अनावश्यक बेतुकका सवाल उठाएर कथित आन्दोलन गरेको छ । हामी नेपालीको दिनचर्या यति नै हो ? यत्तिमै सीमित हुनुपर्ने हो ?
प्रसंग हो एमसिसी । अर्थात मिलेनियम च्यालेन्ज कर्पोरेशन । के हो एमएमसी ? एमएमसी नेपालको संसदबाट पारित हुँदा यसबाट नेपाललाई के फाइदा हुन्छ, के बेफाइदा हुन्छ भने सामान्य भिजन समेत अधिकांशमा देखिएको छैन । केवल अमेरिकी प्रोजेक्ट हो यसको विरोध गर्नुपर्छ भन्ने मान्यता मात्र देखिएको छ ।
खास गरेर अमेरिका र भारतको विरोध गर्दा राष्ट्रवादी भइने एक प्रकारको मनोरोगले नेपालका एकथरी बौद्धिक जमात, एकथरी युवा वर्ग, एकथरि कथित राजनैतिक दलकमा नेताहरु ग्रसित भएका छन् । यस्ता मातहरु अहिले चर्को स्वरमा विरोध गर्न थालेका छन् । एमसीसीको वास्तविकता, यसभित्रमका अन्तरनीहित कुराहरुको बोध, अध्ययन नगरी उनीहरु नेपाली जनमानसमा भ्रम सिर्जना गर्न मात्र उद्यत छन् । यस्ता वर्गहरु आफै कहीँबाट परिचालन भएको हुन सक्ने यतिबेला आंकलन गर्न थालिएको छ ।
सन् २००४ मा अमेरिकाले विकासोन्मुख राष्ट्रको गरिबी निवारण निवारणका लागि एमसिसी प्योजको घोषणा गरेको हो । सन् २०१२ देखि नेपालमा सानो प्याकेज गरिबी निवारको क्षेत्रमा सहयोग पु¥याउर्दै आएको र अहिले यसलाई केही वृहत प्योजका रुपमा लागि गर्न खोजिएको मात्र हो । विगतमा गरिएका लगानी प्रतिफल खासै नदेखिएपछि अब एमसिसिीबाट प्राप्त हुने रकमलाई विद्युत लाइन विस्तार, सडक स्नरोन्नतिका लागि ्खर्च गर्ने योजना नेपाल सरकारले नै बनाएको हो । नेपालमा जन विद्युतको प्रचुर सम्भावनासँगै उत्पादित विद्युत प्रसारण लाइनको अभावमा निर्यात गर्न कठिन भइरहेको छ । एमसिससी मार्फत नेपािललाई प्राप्त हुने ५० अर्ब रकम अन्तरदेशीय प्रसारण लाइन र सडक विस्तार, सडक स्नरोन्नतिमा खर्च गर्न सके आगामी केही बर्ष भित्रमा नेपालको अ ार्थिक वृद्धि दरले एउटा उचाई प्राप्त गर्नेछ । अमेरिकाले दक्षिण एसियाका दर्जनौ देशमा यस प्रकारले सहयोग पु¥याउदै आएको छ । अन्यत्र त्यस परियोजनाको कहीकतै विरोध भएको छैन ।
नेपालमा मात्र यसको विरोध गर्नुको प्रमुख कारण अस्थिर राजनैतिक पनि हो । आफूलाई मुर्घन्य जानकार सम्झनेहरुले एमसिसीइन्डो प्यासिफिक स्टार्टैजीकै एउटा अंश हो जस अन्तर्गत अमेरिकी सेना नेपालमा आएर बस्छ, नेपालको अस्मितमाथि धावा बोल्छ, चीनलाई घेर्न नेपालबाट सजिलो हुन्छ भन्ने भ्रम सिर्जना गराइएको छ । एमसिसीका बारेमा न सरकारले जनतालाइ बुझाउन सकेको छ न यसका जानकारहरुले वास्तविकता उजागर गर्ने औचित्य देखेको छन् । नेपाल स्थित अमेरिकी राजदूतावासले बारम्बार यस सम्बन्धमा प्रष्ट पारिसकेको छ । उसले एमसिसी इन्डो प्यासिफक स्टार्टेजी अन्तर्गत नरहेको र यो केवल गरिबी निवारणकालागि प्रदान गरिने सयहोग मात्र हो भनेर व्याख्खा गरिसकेको छ । नेपालका राजनैतिक पार्टी चाहे त्यो सत्ता पक्षीय होस् चाहे प्रतिपक्षी होस् या क्षेत्रीय स्तरका किन नहुन सबैले एमसीसी नेपालका लागि आवश्य रहेको भनेर आफ्ना धारणा सार्वजनिक गरिसकेका छन् । तर तिनै राजनैतिक दलभित्रै प्रतिपक्षी जस्ता देखिने जसले हरेक इस्युलाई विरोध गर्नुलाई मात्र आफ्नो राजनीति सम्झन्छन् तिनीहरुले मत्र विरोध गरेको देखिन्छ । आज भन्दा २० बर्ष अगाडि नै नेपालमा अरुण थर्ड जल विद्युत आयोजनाका लागि विश्व बंैकले लगानी गर्ने भएको थियो । आज एमसिसीको विरोध गर्ने माधव कुमार नेपालकै कारण त्यो योजना तुहियो । एमसीसि पनि त्यसैगरी नतुहियोस् । यसमा सर्व वर्ग सचेत रहनै पर्छ ।

तपाईको प्रतिक्रिया