इनरुवा÷ इनरुवानगरपालिका प्रमुख राजन मेहताले आफ्नो तलब भत्ताबाट महिला स्वास्थ्य स्वय ंसेविकाहरुका लागि साइकल उपलब्ध गराउनु भएको छ ।
मेहताले इनरुवा ९ मा रहेको बबिया स्वास्थ्य चौकी मातहतका २० जना स्वयंसेविका र कार्यालय प्रयोजनकालागिथप एक सहित २१ थान साइकलवितरण गर्नु भएको हो ।
सामाजिक क्षेत्रमाअहोरात्र खटिने महिला स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्दै सम्मान स्वरुप साइकलवितरण गरेको नगर प्रमुखमेहताले बताउनु भयो ।
आवश्यकअन्य सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्तगर्नु भएका मेयर मेहताले उपलब्ध गराइएका साइकलका कारण स्वयंसेविकाहरुले प्रदानगर्ने सेवाथप छिटो र छरितो हुने विश्वास समेत व्यक्तगर्नु भएको छ ।
वितरित साइकलको बजार मूल्यप्रतिगोटा कम्तिमा७हजार बढी पर्छ । २१ थान साइकलव्यक्तिगततलबभत्ता जुटाई सहयोग उपलब्ध गराएकानगर प्रमुख मेहतालाई समेत स्वयंसेविकाहरुकातर्फबाट सामुहिक सम्मानगरिएको थियो ।
साइकलबितरण कार्यक्रममा वडाध्यक्षहरु वशिरमुद्धिन मन्सुरी, अञ्जनीपोखरेल, समाज सेवी मौलाना हारुन खान, बबिया स्वास्थ्य चौकी इन्चार्ज सन्तोष देव लगायतको उपस्थिति रहेको थियो ।
