धरानमा प्याग्लाइडिङको सम्भावना बढ्दै, नेपाली सेनाले समेत परिक्षण उडान थाल्यो

धरान÷पश्चिमका ेपोखराजस्तै पूर्वका सहरहरुमा समेत प्याग्लाइडिङको सम्भावना बढेर गएको छ ।
यस्तै केहीबर्षदेखि पोखराजस्तै धेरै सम्भावनाभएको धरानमा समेत भौगोलिक अनुकुलताका कारण प्याग्लाइडिङको उडान निरन्तर हुनथालेका छन् । यसले धरानबाट पनि प्याग्लाइडिङका सम्भावना अझ धेरै बढेर गएको प्रमाणित हुदै गएको छ ।
पछिल्ला पटक धरान–४ स्थित गढिथुम्की डाँडाबाट प्याराग्लाइडिङको उडानकालागीटेकअफ ल्याण्ड (उडान भर्ने स्थल) सञ्चालनमा आएपछि भने प्याराग्लाइडिङको सम्भावा बढेर गएको हो ।
नेपाली सेनाको प्याराग्लाइडिङ युनिट र नेपालप्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ एक नं. प्रदेशको अगुवाइमा धरान ४ गढीथुम्कीमा टेकअफ ल्याण्ड सञ्चालनमाआएको छ । नयाँ टेकअफ ल्याण्डबाट नेपाली सेनाकाप्यारा पाइलट र नेपाल प्याराग्लाइडिङ तथा याण्डग्लाइडिङ संघका पाइलटले गरी ३४ जनाले गढिथुम्कीबाटप्याराग्लाइडिङ उडान भरेका छन् । यस अघि धरान–४ स्थित छोटी मोरङको डाडा र धरान–२० स्थित चिण्डे डाँडाबाट धरानमा प्याराग्लाइडिङको उडान भइरहेको थियो । सो क्षेत्रमा कोशी करिडोरको विद्युत प्रसारण लाइनबनाउन सुरु भएपछि सो स्थानबाट उडान हुन नसक्ने भएको थियो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ एक नं. प्रदेशको अगुवाइमा उडान स्थल बनेसँगै मंगलबारबाट प्याराग्लाइडिङ उडान सुरु भएको हो । संघका अध्यक्ष भूपाल राईले धरानमा प्याराग्लाइडिङ उडान गर्ने स्थल नभइरहेको बेला धरान–४ स्थित गढीथुम्की डाडामा उडान स्थल वडा कार्यालयले उपलब्ध गराएको भन्दै अब नियमित उडान गर्न सजिलो हुने बताउनुभयो । उहाले संघले चाडै धरानको वडा नं. ५ र वडा नं. १४ मा ल्याण्डिङ स्थल समेत बनाउने बताउनुभयो ।
अहिले धरानमा दुई वटा कम्पनीले प्याराग्लाइडिङको नियमित उडान गर्दै आएका छन् । त्यस्तै एउटा प्याराग्लाइडिङ स्कुल समेत धरानमा खोलिएको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाकाप्यारा पाइलटले प्याराग्लाइडिङको प्रबद्र्धन गर्न भन्दै धरानमा ७ दिने उडान कोर्ष गरिरहेको छ । सेनाका ३ महिला पाइलट सहित २३ जनाले अहिले गढीथुम्की डाँडाबाट उडान भरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतले नेपाली सेनाले समेत भ्रमण वर्षको प्रबद्र्धन गरिरहेको बताउनुभयो । नेपाली सेनाको प्यारापाइलटहरुले भ्रमण वर्षलाई लक्षित गर्दै नेपालबाट उड्न सक्ने जति ठाउँमा पुगेर टोलीले उडान भर्दै गइरहेको बताउनुभयो । । उहाँले नेपाली सेनाको २३ जनाको टोलीले धरानमा ७ दिनसम्म उडान भर्ने योजनाका साथ आएको बताउनुभयो ।
उहाले अन्य स्थलभन्दा धरानमा प्याराग्लाइडिङ गर्न निकै रोमाञ्चक हुने बताउनुभयो । धरानको उडान स्थलअग्लो स्थानमा भएकोले पनि उडान गर्न निकै रमाइलो हुने उहाले बताउनुभयो ।
प्याग्लाइडिङ उडानका लागिनयानया स्थानको कार्यलाई तिब्रतासंगै उडान भर्न थालेपछि विगतदेखि प्याग्लाइडिङ उडान गर्ने व्यवसायीहरु समेत हर्सित बनेका छन् । विगत डेड बर्ष भन्दा अगाडिदेखि नियमित उडान भर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई प्यागलाइडिङको स्वाद चखाउदै आउनु भएका व्यवसायी रोशन अधिकारीले नयाँ नयाँ स्थानको खोजी गर्र्दै यसको विकासमा लाग्दा प्रदेश नं १ को साहसिक पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
भौगोलिक हिसाबले समेत प्याग्लाइडिङको उडान गर्न सकिने धरानमा पछिल्लो समय प्याग्लाइडिङका उडानहरु धेरै हुन थालेका छन् । धरानलाई साहसिक पर्यटकीय स्थलको रुपमा परिचित गराउन जसरी व्यवसायीहरु कम्मर कसेर लागेसका छन् उनीहरुलाई साथदिन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लाग्न जरुरी छ ।

तपाईको प्रतिक्रिया