धरान÷ सात दिनभित्रमा विद्यार्थीहरुको माग पूरा गर्ने क्याम्पस प्रशासनले आश्वासन दिएपति आन्दोलित विद्यार्थीहरुले क्याम्पसको प्रशासनामा लगाएको ताला खुलाएका छन् ।
आफूहरुले अध्ययन गरेको विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरिएको भन्दै आक्रोसित बन्दै धरानको पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा इलेक्टिूकल इन्जिनिरमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको प्रशासन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए । क्याम्पस प्रशासन र विद्यार्थीबीच बसेको छलफलपश्चात क्याम्पसले एक साताको समय माग गरेपछि ताला खुलाइएको विद्यार्थीहरुले बताएका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा ०७१ र ०७२ सालमा अध्ययन गरेर अध्ययन सकेका विद्यार्थीहरु काउन्सिलमा दर्ता नहुदा अन्यौलमा परेको भन्दै आक्रोसित विद्यार्थीहरुले कलेजको प्रशासन शाखामा तालाबन्दी गरेका थिए । तालाबन्दीसंगै उनीहरुले पढाई नै छोडेर धर्नामा बसेका उनीहरुले तालाबन्दी पश्चात उनीहरुले हाम्रो माग पूरा गर, काउन्सिलमा चाडो दर्ता गर लगायतका नारा समेत लगाएका थिए ।
हालसम्म यस विषयका ७६ जनाले पढाइ सकेपनि काउन्सिलमा दर्ता नगरेको र लोकसेवा खुल्न नसकेको अवस्थामा बेरोजगारी बस्नुपर्ने बाध्यता भएकोले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउन तालाबन्दी गरेको आन्दोलित विद्यार्थी सुमन दाहालले बताउनुभयो । उहाले अहिलेसम्म यो क्याम्पसबाट दुईवटा व्याज सकिएको र ७६ जना विद्याथी काउसिलमा दर्ता नहुदा इन्जिनियरको लाइसेन्स नहुदा विद्यार्थी अन्यौलमा परेका कारण ध्यानाकर्षणका लागि तालाबन्दी गर्नुपरेको बताउनुभयो । उहाले एक साताको समयको माग क्याम्पस प्रशासनले गरेको हुदा हाललाई ताला खुलाइएको बताउनुभयो ।
