काउन्सिलमा दर्ता हुनुपर्ने माग राख्दै विद्याथीहरु आन्दोलित

धरान÷ कलेजले आफूहरुको भविष्य डावाडोल बनाएको बन्दै पूर्वाञचल इन्जिनियरिङ्ग कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
आफूहरुले अध्ययन गरेको विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरिएकोप्रति आक्रोसित बन्दै धरानको पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा इलेक्टिूकल इन्जिनिरमा अध्ययनरत विद्यार्थीहरुले आज क्याम्पसको प्रशासन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा ०७१ र ०७२ सालमा अध्ययन गरेर अध्ययन सकेका विद्यार्थीहरु काउन्सिलमा दर्ता नहुदा अन्यौलमा
परेको भन्दै आक्रोसित विद्यार्थीहरुले कलेजको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । तालाबन्दीसंगै उनीहरुले पढाई नै छोडेर धर्नामा बसेका छन् । तालाबन्दी पश्चात उनीहरुले हाम्रो माग पूरा गर, काउन्सिलमा चाडो दर्ता गर लगायतका नारा समेत लगाएका थिए ।
हालसम्म यस विषयका ७६ जनाले पढाइ सकेपनि काउन्सिलमा दर्ता नगरेको र लोकसेवा खुल्न नसकेको अवस्थामा बेरोजगारी बस्नुपर्ने बाध्यता भएकोले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउन तालाबन्दी गरेको आन्दोलित विद्यार्थी सुमन दाहालले बताउनुभयो । उहाले अहिलेसम्म यो क्याम्पसबाट दुईवटा व्याज सकिएको र ७६ जना विद्याथी काउसिलमा दर्ता नहुदा इन्जिनियरको लाइसेन्स नहुदा विद्यार्थी अन्यौलमा परेका कारण ध्यानाकर्षणका लागि तालाबन्दी गर्नुपरेको बताउनुभयो ।
विद्यार्थीहरुले विगतमा तत्कालीन क्याम्पस प्रमुख जितेन्द्र चौधरीले व्यवस्था गरेका कारण काउन्सिलमा दर्ता हुन नसकेको बताउदै अहिलेका नया क्याम्पस प्रमुख ओमप्रकास ढकाललाई ध्यानाकर्षणका लागि तालाबन्दी गरेको बताएका छन् ।
यता क्याम्पस प्रशासनल भने विद्यार्थीको समस्याको विषयमा गम्भीर रुपमा अगाडि बढेको बताएको छ । क्याम्पस प्रमुख ओमप्रकास ढकालले मन्त्रिपरिषदको क्याविनेटबाट मात्र यो विषय टुंगिने भएकोले यस विषयमा सम्बन्धित ठाउमा पहल गरिरहेको बताउनुभयो । उहाले असारमा आफु क्याम्पस प्रमुख भएर यस क्याम्पसमा आउने वित्तिकै दर्ता प्रक्रियाका लागि पठाइसकिएको र यो प्रक्रियामा रहेको बताउनुभयो ।
अन्य फेकल्टी संस्थानमा दर्ता भए पनि आर्किटेक्चर र इलेक्टिूकल फ्याकल्टी भने दर्ता भएको छैन । विद्याथीको भ्याकन्सी भने खोलिरहने तर विद्यार्थी समस्यालाई समाधान नगरी विद्यार्थीलाई अन्यौलमा राख्ने काम भएको विद्यार्थीहरुको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया